Comments Add Comment

नयाँ कार किन्नेका लागि महत्वपूर्ण १३ टिप्स


१४ भदौ, काठमाडौं । आाजभोलि ‘आफ्नै गाडी’ बिलाशिता भन्दा बढी आवश्यक्ता बनेको छ । ‘प्रोडक्टिभिटी’ बढाउन आफ्नै सवारी भएकालाई सजिलो छ । त्यसैले अब धेरैलाई आफ्नो गाडी राख्ने सपना र चाहना नौलो हैन । यही कारण बजारमा अहिले गाडी किन्नेहरुको संख्या वर्षैपिच्छे बढिरहेकै छ ।

आफ्नो आर्थिक अवस्थाले धान्न सक्ने भएपछि गाडीको सपनालाई साकार पार्नु अस्वभाविक पनि होइन् । अहिले गाडी किन्ने मौसम छ । दशैंतिहारको अघि अहिले काठमाडौंमा नाडा अटो-शो चलिरहको छ ।

धेरैले शोमा पुगेर गाडी बुक गर्दै छन् भने कति छान्न मै ब्यस्त छन् । गाडी किन्दा उपभोक्ताहरु कस्तो गाडी किनौं भन्नेमा बढी ‘कन्ˆयुजन’मा पर्छन् । धेरैलाई कुन कम्पनी र कस्तो सेगमेन्टको गाडी किन्ने भन्नेमा द्विविधा हुन्छ ।

गाडी किन्नुअघि तपाईंले ध्यान दिनुपर्ने धेरै कुराहरु छन् । गाडी किन्दा केही मुलभुत कुराहरुमा ध्यान पुर्‍याएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था पनि आउँछ ।

त्यसैले गाडी किन्नुअघि केही महत्वपूर्ण कुराहरुमा बिचार गर्नैपर्छ । यदि त्यसमा चुकियो भने लाखौंको लगानी खेर जानसक्छ । त्यसैले कार किन्नुअघि यस्ता केही विषयहरु मनन् गरौं, जसले भोलि पछुताउनु नपरोस् ।

स्पष्ट योजना बनाउनुस्

तपाईं कार किन्ने हो भने पहिले यसबारे स्पष्ट योजना बनाउनुस् । परिवार, साथीभाई र आफन्तजनसँग सर-सल्लाह गर्नुस् । सुरुवातमा म कुन मूल्यसम्मको कस्तो कार किन्छु भन्ने कुरा जाने बुझेकै सँग सोध्नुस् ।

यो समयमा अन्तिम निर्णय गरिहाल्नुपर्दैन । आफ्ना रोजाइका केही कारहरुलाई मात्र विकल्पमा राख्नुस् । आफूले कसरी कारमा लगानी गर्ने र ऋणको ब्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाउनुस् ।

यसमा आफूले अफोर्ड गर्न सक्ने मात्रै कार किन्ने निर्णय गर्दै त्यसका लागि रकम ब्यवस्थापनको स्पष्ट मार्गचित्र बनाउनुस् । भैरपरी आउने अप्ठेरो अवस्थामा पनि गाडीको नियमित किस्ता तिर्न सक्ने वातावरणका लागि तयार रहनुस् । कम ब्याजदरमा अटो लोन लिने गरी बैंकहरुसँग परामर्श गर्नुस् ।

सस्तो मात्रै नखोज्नुस्

सामान्यतया कुनैपनि नयाँ गाडी किन्दा ग्राहकले मूल्य मात्रै हेर्छन् । छुट कति छ भन्नेमा बढी चासो र चिन्ता राख्छन् । तर मूल्य मात्रै हेरेर हुँदैन ।

मूल्यमा सम्झौता गर्दा तपाईंले कमजोर पर्फमेन्स भएको गाडी रोज्ने खतारा हुन्छ । यसो भन्दैमा आफूले ‘अफोर्ड’ नै गर्न नसक्ने महंगो गाडी किन्नुपर्छ भन्ने होइन् । आफ्नो बजेटलाई ध्यान दिनैपर्छ ।

तर, थोरै मूल्य अन्तरमा सम्झौता गरेर गाडी किन्दा तपाईंलाई भविष्यमा पछुताउनुपर्ने हुन सक्छ । त्यसैले मूल्यभन्दा बढी गाडीको पर्फमेन्सलाई हेर्नुस् । छुट कति दिइएको छ भनेर आकषिर्त हुँदा राम्रो गाडी तपाईंको नबन्न सक्छ ।

ब्राण्डलाई महत्व दिनुस्

प्रायः मूल्यको मात्र पछि लाग्दा नयाँ गाडी किन्नेहरु ब्राण्डमा ध्यान दिँदैनन् । तर, गाडीको ब्राण्डले पनि धेरै कुरामा असर पारिरहेको हुन्छ । गाडी किन्नु भनेको ठूलो लगानी गर्नु हो । गाडीमा ब्राण्ड नहेर्दा भविष्यमा समस्या आउन सक्छ ।

आफूले किन्न लागेको गाडी कुन ब्राण्डको हो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । किनभने बस्थापित ब्राण्डको गाडी किन्दा हुने फाइदा धेरै छन् ।

गाडी किन्दा आˆनो ठाउँमा कुन ब्राण्डले राम्रो गरिरहेको छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । कम्पनीको सर्भिस नेटवर्क के छ ? पाट्र्सको उपलब्धता कति सहज छ ? लगायतका विषयमा पनि ब्राण्डले खास आर्थ लाग्छ ।

भोलि बेच्नु पर्दाको मूल्य ख्याल गर्नुस्

गाडी किन्दा ब्राण्ड हेर्ने विषय सबैभन्दा महत्वपूर्ण कुुरा हो । सुरुमा गाडी किन्दा मान्छेलाई लाग्छ की, ‘अब लामो समयमा नै यही गाडी चढ्छु ।’ तर, सँधै त्यही अवस्था हुँदैन । केही समयलगत्तै मान्छे त्यसबाट अपग्रेड हुन चाहान्छ । यो मानवीय स्वभाव हो ।

तर, आफू अपग्रेड हुने समयमा आफूले लगानी गरेको गाडी उत्कृष्ट ब्राण्डको छैन भने समस्या हुन सक्छ । महंगोमा किनेको गाडी छोटो समयभित्रै निकै कम मूल्यमा विक्री गर्नुपर्ने अवस्था आउँछ ।

कमजोर ब्राण्डका गाडी किनेको एक-दुई वर्षमै रि-सेल भ्यालु निकै घट्छ । सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्यालु बढी आउँछ ।

त्यसैले जसले गाडी किन्दा ब्राण्डमा ध्यान दिन्छ, उसले पछि गाडी बेच्दा पनि पछुताउनुपर्दैन । कम्पनीको जति बढी गाडी बिकेको हुन्छ त्यो गाडी रिसेल मूल्य स्वतः बढी आउँछ । राम्रो ब्राण्डले तपाईं चढेको गाडीको महत्वलाई अझ विशेष बनाउँछ ।

एकैपटक हेरेकै भरमा नकिन्नुस्

कतिपय मान्छे कार किन्ने धुनमा शो-रुम पुग्नासाथ कुन किन्ने भन्ने निर्णयमा पुगिहाल्छन् । तर, यसो गर्नुहुँदैन । कार किन्ने निर्णय गर्नुअघि पर्याप्त समय लिनुस् ।

तपाईं पहिलोपटक शो-रुम जाँदै हुनुहुन्छ भने कारकिन्न हैन हेर्न जाँदैछु भन्ने धारणा बनाउनुस् । हतारको निर्णयले तपाईंलाई फाइदा हुँदैन । तपाईंले विकल्पबाट छान्नु भएको एउटा कारबारे पनि अझै अध्ययन र बिमर्श गर्नुस् ।

एकपटक शो-रुममा पुगेर निर्णय नगरिहाल्नुस् । निर्णयमा पुग्नुअघि सोचबिचार गर्नुस् ।

सजिला पक्षमा बिचार गर्नुस्

तपाईं चढ्ने गाडी महंगो नभएपनि सजिलो हुनैपर्छ । मान्छेहरुले पहिलोपटक गाडी किन्दा यो कुरामा कमै ध्यान पुर्‍याउँदैनन् । गाडी चढेपछि त्यो आˆनो लागि कम्र्फटेबल हुनैपर्छ । गाडी भित्र तपाइर्ं बसेपछि एउटा ‘फिल’ आउनुपर्छ ।

गाडी चढ्दा वन्डरफुल फिलिङ गर्न सकिएन भने मजा हुँदैन । गाडी किन्नेले ‘म सँगै को-प्यासेन्जर पनि बस्छन्’ भन्नेमा ध्यान दिनुपर्छ । यसका लागि लेग-रुम राम्रो हुनुपर्‍यो । हेड रुम पनि हेर्नुपर्‍यो ।

नेपालको बाटोको दुरावस्था सबैलाई थाहा छँदैछ, त्यसैले सस्पेन्सन कस्तो छ ? भन्ने समेत बुझ्नुपर्छ । गाडी किन्नुअघि नै यो लंग टर्मका लागि ठिक हुन्छ की हुँदैन भन्नेमा चिन्ता गर्नुपर्छ ।

कम्फर्ट फिचर्समा ध्यान दिइएन भने अफरोडमा धेरै समस्या आउन सक्छ । गाडीमा चढ्दा आराम मिलेन भने मान्नुस् त्यो गाडीले तपाईंलाई सन्तुष्ट गर्न सक्दैन ।

अत्यावश्यक फिचर्स खोज्नुस्

गाडीका फिचर्सबारे ग्राहक सचेत हुनैपर्छ । गाडी किन्नुअघि त्यसका विभिन्न फिचर्सहरुमा पनि ध्यान दिनुपर्छ । यदि तपाईं समय-समयमा ट्राभलका लागि निस्किरहनु हुन्छ भने बुट स्पेश कति छ भन्नेमा होस पुर्‍याउनुस् ।

आफ्नो आवश्यक्ता अनुसारको बुट स्पेश भएका गाडी किन्ने प्रयत्न गर्नुहोस् ।

यति मात्रै होइन, अन्य फिचर्सहरु कस्ता छन् भन्नेमा पनि चासो राख्नुपर्छ । एयर कन्डिसनर कस्तो छ भन्ने ध्यान दिनुपर्छ ।

ब्लु-टुथ कनेक्टीभिटी पनि अब गाडीमा आवश्यक छ । ड्राइभिङको समयमा फोन आउँदा यो फिचर्सले सहयोग गर्छ । यसले सेˆटीका लागि पनि सघाउँछ ।

यस्तै अडियो सिस्टम कस्तो छ ? कप होल्डर र पकेटहरु कति छन् ? ड्यास बोर्डको ग्लोब्समा कुलिङ सिस्टिम छ कि छैन ? लगायतका विषयमा ध्यान दिनुपर्छ ।

किनभने यस्ता युटिलिटी फिचर्सहरुले यत्रालाई सहज बनाउँछ । स-सना फिचर्सहरु ले गाडीकोमहत्वलाई र उपयोगितालाई उच्च बनाउँछ ।

अफरोडमा जान सकिनेलाई महत्व दिनुस्

गाडी चढ्नकै लागि हो । अप्ठेरो अवस्थामा यसले तपाईंलाई साथ दिनुपर्छ । तपाईंका गाडी कस्तो सडकमा बढी गुड्छ भन्ने कुरा महत्वपूर्ण छ । नेपालका प्रायः सडकहरुको अवस्था नाजुक छ ।

त्यसअनुसार सकेसम्म उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स भएको गाडी किन्नुपर्छ ।नेपाली सडकको अवस्थमा कारण अफरोडमा पनि गाडी लैजानुपर्छ भन्ने कुरा बिर्सनुहँदैन ।

गाडीलाई कन्डिसनमा राख्नका लागि पनि राम्रो क्लेयरेन्सको महत्व हुन्छ । आफुले नियमित प्रयोग गर्नुपर्ने सडकलाई ध्यानमा राखेर उपयुक्त ग्राण्ड क्लेयरेन्स भएको गाडी रोन्नुपर्छ ।

राम्रो ग्राउण्ड क्लेयरेन्स भएका गाडी भए त्यसले तपाईंलाई अप्ठेरोमा पर्दैन । नत्र गाडी लिएर हिँडेपछि अलिकति अप्ठेरो बाटोमा पनि तपाईं अनेकन् समस्यासँग जुध्नुपर्ने अवस्था आउँछ ।

तेलको खपतदरलाई बिचार गर्नुस्

पि्रमियम गाडी चढ्नेका लागि तेलको खपतदर खासै महत्वपूर्ण नरहला । तर, इन्ट्रीर कम्प्याट लेभलका कार चढ्का लागि यो निकै महत्वूर्ण विषय हो । गाडी किनेर मात्रै हुँदैन । त्यसमा आवश्यक फ्युलका लागि पनि तपाईंको अवस्था बलियो हुुनपर्छ ।

आफ्नो आम्दानी र खर्चको क्षमताअनुसार माइलेज भएका गाडीलाई रोज्नुपर्छ । कम माइलेज भएका गाडीले झनै खर्च बढाउन सक्छन् ।

काठमाडौंसहितका ट्राफिक जाम हुने शहरका लागि गाडी किन्दै हुनुहुन्छ भने पहिलो र दोस्रो गियरमा कति फ्युल खपत हुन्छ भन्नेमा पनि ध्यान दिनुपर्छ । धेरैले यसमा ध्यान दिँदैनन् ।

तर, फर्स्ट र सेकेण्ड गियरमा दिने माइलेज पनि शहरी क्षेत्रमा गुड्ने गाडीका लागि ध्यान दिनुपर्छ । तेलको खपतदरबारे राम्रो बुझेर मात्रै निर्णयमा पुग्नुपर्छ ।

सुरक्षात्मक फिचर्सलाई प्राथमिकता दिनुस्

गाडी चढ्नुअघि नै सुरक्षाका विषयमा ख्याल गर्नु चुक्नु हुँदैन । नेपालमा सवारी दुर्घटना बढ्दो छ । सडकमा कति बेला दुर्घटनामा पर्ने हो भन्ने थाहा हुन्न । त्यसैले आफूले किन्ने गाडीमा सुरक्षाका लागि के-के फिचर्सहरु छन् भन्नेमा ध्यान दिनुपर्छ ।

विशेषगरी हाइ-वेमा गाडी लिएर गइरहनु पर्नेका लागि यो झनै महत्वपूर्ण हुन्छ । हाइ-वेमा गाडी तीव्र गतिमा गुड्ने भएकाले एयर ब्याग भएका गाडी बढी सुरक्षित हन्छन् । अहिले विभिन्न एडभान्स् सेˆटी फिचर्सहरु गाडीमा राख्ने गरिएको छ ।

त्यसैले आफूले किन्ने कारमा विश्वसनीय सुरक्षा प्रविधि हनुपर्छ भन्ने धारणा बनाउनुपर्छ । आजभोलि प्रायः सबै कम्पनीहरुले एयरब्याग फिचर्स राखेरै कारहरु ल्याउने गरेका छन् ।

सिटीभित्र कम स्पीडमा ड्राइभ गर्नेहले एयर ब्यागमा चासो दिँदैनन् । त्यो स्वभाविक नै हो । तर, सकेसम्म सुरक्षाका मामिलामा सम्झौता नगरेकै बेस हुन्छ ।

स्पेर्यस र मर्मतको पक्ष हेर्नुस्

गाडी मेसिनरी साधन हो । यो किन्दा तपाईंले यो गाडी भोलि बिग्रन्छ पनि भन्ने कुरा पनि भुल्नुहुँदैन । सस्तो मूल्यका कार चलाउन तथा मर्मत गर्न पनि सस्तो नै हुने हुन्छ । तर, कम्पनीअनुसार यसको लागत भने फरक हुन्छ ।

पुराना कार उत्पादकहरुले तिनको स्पेयर पार्ट्स सस्तो मूल्यमै उलपल्ध गराउँछन् । नयाँ कम्पनीहरु पनि यसका लागि प्रतिस्पर्धामा छन् ।

पाटर्सको उपलब्धता पनि सहज हुन जरुरी छ । कम्पनीको सर्भिस नेटवर्क पनि राम्रो हुनुपर्छ । त्यसैले आफूले किन्ने कम्पनीको गाडीको मर्मत खर्च, पाट्र्सको उपलब्धता र सर्भिस नेटवर्कलाई पनि ध्यान दिनैपर्छ ।

मर्मत खर्च बेहोर्न कठिन हुनेले लामो समयको सर्भिस प्याकेजसहितका कार खरिद गर्नु ठिक हुन्छ । सँगै मर्मत खर्च र कम्पनीको सर्भिसिङ सुविधा कित सहज र सस्तो छ भन्ने कुरा पनि गाडी चढ्नेले बिचार गर्नै पर्ने पक्ष हो ।

टेष्ट ड्राइभ गर्न नभुल्नुस्

कार परीक्षणविना नै किन्नु जोखिम मोल्नु हो । त्यसैले कार किन्ने अन्तिम निर्णय अघि तपाइर्ंले टेष्ट ड्राइभ गर्नुपर्छ । किनभने ठूलो लगानी गरेर किन्न लागिएको कार कस्तो छ भन्ने ‘कन्र्फम’ हुन तपाईंले टेष्ट ड्राइभ आवश्यक हुन्छ ।

अहिले नेपालमा गाडी बिक्री गर्ने अधिकांश कम्पनीले ग्राहकलाई टेष्ट ड्राइभको सुविधा दिएका छन् । टेष्ट ड्राइभिङले तपाईंलाई निर्णय लिन र विश्वस्त हुन सहयोग गर्छ । सकेसम्म टेष्ट ड्राइभ एकपटक भन्दा बढी गर्नुस् ।

टेष्ट ड्राइभिङपछि उब्जिएका प्रश्नहरुको उत्तर कम्पनीको अधिकारीहरुसँग खोज्नुभयो भने तपाईंले भविष्यमा गाडी किनेर पछुताउनुपर्ने अवस्था आउँदैन ।

टेस्ट ड्राइभ पछि तपाईंलाई निर्णयमा पुग्न सहज हुन्छ । अझ टेस्ट ड्राइभमा जाादा गाडीकोको मेकानिक, ड्राइभर वा लामो समय गाडी चढेका साथीभाईलाई पनि सँगै लैजानुभयो भनेत्यसलाई तपाईंलाई सहज मात्रै गर्दैन, निर्णय लिन सहज पनि हुन्छ ।

खराबी छन् कि ? जाच्नुस्

अन्तमा तपाईंले कार लिनुअघि राम्रोसँग निरीक्षण गर्नुस् । प्रायः नयाँ भनेपछि हामी त्यसमा कुनै ‘डिफेक्ट’ हुँदैन भन्ने मान्छौं । तर, त्यस्तो हैन, कम्पनीबाट एप्रुभ आएका केही प्रोडक्टमा कहिलेकाँही स-सना डिफेक्टहरु भेटिन्छन् । त्यसैले लाखौं खर्च गर्ने यस्ता गाडीमा तपाईंले केही खराबी छन् की भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

विशेषगरी एक्सेटेरियरर इन्टेरियरका स-साना पार्टहरुमा पनि तपाईंले राम्रोसँग निरीक्षण गर्नुपर्छ । यसरी निरीक्षण नगर्दा धेरैले दुःख पाएका छन् ।

त्यसैले गाडीलाई पूर्णरुपमा आफू सन्तुष्ट भएर मात्रै किन्नुस् र त्यसलाई त्यतिकै माया पनि गर्नुस् । तपाईंले आफ्नो कारको स्याहार पनि निकै गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment