Comments Add Comment

फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय माओवादी केन्द्रमा

पार्टी प्रवेश कार्यक्रममा रामेश्वर राय (बीचमा) । तस्वीर: प्रचण्डको सचिवालय

१४ भदौ, सर्लाही । फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको चक्रघट्टामा बुधबार आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रायसहितका सयौं नेता-कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

रायको माओवादी प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीको दाबी छ । यसअघि नयाँ शक्तिका रामचन्द्र झा, सदभावना पार्टीका संस्थापक महासचिव अनिस अन्सारी लगायतका नेता-कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

मधेसमा बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै आएको माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताउँदै आएका छन् ।

आगामी चुनावलाई लक्षित गरी माओवादी अध्यक्ष प्रचण्ड केही दिन यता मधेसमै सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment