१४ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका ६ अधिकृतको बुधबारको मन्त्रीपरिषद् बैठकबाट बढुवा भएको छ ।
रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल बढुवा भएका छन् । उक्त पद प्रहरीको एआईजीसरहको हो ।
यस्तै, प्रहरीको डीआईजीसरहको अनुसन्धान निर्देशकमा हुतराज थापा, कुलदेव थापा, हरिहर पौड्याल, ओमप्रकाश जोशी र सुनिलकुमार ढकाल बढुवा भएका छन् ।
विभाग उच्चस्रोतका अनुसार रिक्त रहेको सहअनुसन्धान निर्देशकमा भने कसैको पनि योग्यता नपुगेका कारण यसपटक बढुवा हुन सकेन । उक्त पद प्रहरीको एसएसपीसरहको हो । एसपीबाट एसएसपी बढुवा हुन न्युनतम तीन वर्ष पुगेको हुनु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4