Comments Add Comment

दर्ता भयो पुर्वाधार विकास बैंक,४० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरिने

१४ भदाैं, काठमाडौं । पूर्वाधार विकास बैंक खोल्न इमर्जिङ नेपालले नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गराएको छ ।कम्पनीले नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक नाममा कम्पनी स्थापना गर्न लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा विनोद आत्रेयले बुधवार नै राष्ट्र बैंकमा कम्पनी स्थापनाको लागि दर्ता गरिएको बताए ।

नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । बैंकमा ३९ जना संस्थापक सेयरधनी रहेका छन् ।

संस्थापकले ६० प्रतिशत लगानी गर्ने भएका हुन् । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रकम बराबरको सेयर सर्वसाधारणलाई जारी गरिने भएको छ । बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा बिमल कोइराला छन् ।

संस्थापकको रुपमा ५ वटा वाणिज्य बैंक, ८ वटा बीमा कम्पनी र केही इन्भेष्टमेन्ट कम्पनी समेत छन् । ग्लोबल आइएमई, प्रभु, सिदार्थ, एनआईसी एशिया बैंक र सुर्या लाइफ, आइएमई लाइफ लगायतका बीमा कम्पनीले लगानी गर्ने भएका हुन् ।

 

यो पनि पढौं : 

पूर्वाधार विकास बैंक खोल्न चिनियाँ कम्पनीको चासो

पुर्वाधार विकास बैंक बन्न एकको पर्यो आवेदन, सरकारले १० प्रतिशत लगानी गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment