+
+
Shares

नर्भिक प्रकरण छानविन गर्न उच्चस्तरीय समिति गठन

सात दिन भित्र प्रतिवेदन पेश गर्ने

ऋचा अर्याल ऋचा अर्याल
२०७४ भदौ १५ गते १४:४५

१५ भदौ, काठमाडौं । नर्भिक अस्पतालमा भएको बालिकाको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिमा जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत, सिभिल अस्पतालका बाल रोग विशेषज्ञ, नेपाल मेडिकल काउन्सलका प्रतिनिधि, महानगरीय प्रहरी प्रभाग, काठमाडौंका डीएसपी तथा मृतककी बुवा डा. रमेश आचार्य स्वयंम सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बुधवार विहान जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा भएको छलफलबाट उक्त समिति गठन गरिएको हो । समितिलाई सात दिन भित्रमा रिपोर्ट पेश गर्न भनिएको छ ।

तीन दिन अघि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएकी १६ महिने बालिका भिक्टोरिया आचार्यको मंगलबार दिउँसो उपचारका क्रममा मृत्युु भएपछि मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरेका थिए ।

मृतकका परिवारले ठूलो साइजको पाइप मुखबाट जवर्जस्ती छिराएकै कारण अधिक रक्तश्राव भएर बालिकाको मृत्यु भएको आरोप लगाउँदै आएका थिए । पीडित बालिका केही दिन अघिदेखि निमोनियाबाट ग्रसित थिइन् ।

नर्भिकमा ल्याउनु पूर्व उक्त बालिकाको उपचार दरवारमार्गस्थित एक क्लिनिमा हुदै आएको थियो ।

पीडित पक्षले बालिकाको उपचारमा संलग्न डा.विनिता जोशी, डा. ऋतु लामिछाने लगायतका चिकित्सकलाई कडा कारवाहीको माग राख्दै आएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?