१६ भदौ, झापा । झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ ।
मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4