+
+

काभ्रेबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

रासस रासस
२०७४ भदौ १७ गते १०:२३

१७ भदौ, भक्तपुर । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा २ ख ९५८० नम्बरकाे बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए । स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?