Comments Add Comment

नेपालगन्जमा सुरु भयो बकर ईदको रौनक (फोटो फिचर)

१७ भदौ, नेपालगञ्ज । ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ईर्र्द-उल-अजहा (बकर ईद) नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक प्राथाना ‘नमाज’ पढेर शनिबारदेखि मनाउन सुरु भएको छ ।

इस्लामिक तारिक हिजरी संवत १४३८ जिलहिज्जा (महिना)को १० तारिकबाट सुरु हुने सो पर्व मनाउनको लागि शनिबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको ईदगाह मस्जीदमा नेपालगन्ज र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो ।

उनीहरुले एक आपसमा बकरीदको अवसरमा ‘इद मुबारक’भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे ।

तीन दिनसम्म मनाईने यो पर्वको मुस्लिम समुदायमा छुट्टै महत्व छ ।

तीर्थाटन र बलिदानको पर्वको रुपमा मनाइने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरु विहान ईदगाहमा सामूहिक नमाज पढेर आफ्नो गक्ष अनुसार पर्व मनाउन तल्लिन छन् ।

नेपालगन्जको विपिचोकमा रहेको ईदगाह मस्जिदमा इस्लाम धर्मावलम्वीले मुलुकमा शान्ति अमनचैनको माग गर्दै सामुहिक नामज पढेर एक अर्कासित अंगालो मार्दै मनाउन सुरु गरेका छन् ।

तीन दिनसम्म मनाईने यो पर्वमा हज (तीर्थ) र कुर्वानी (बली) गर्नुपर्ने प्रमुख विषेशता छ । बकर ईदमा इस्लाम धर्मावलम्वीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वली कुर्वानी दिने प्रचलन रहेको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले जानकारी दिए ।

नेपालगञ्जमा बकर ईदको लागि कुर्वानी (बली) दिन हजारबढी पशुहरु भित्र्याइएको अनुमान छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उँटको कुर्वानी दिने चलन छ ।

कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मदरसा दारुल उलुम बरकातिया माध्यामिक विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानी बताउँछन ।

सञ्चारकर्मी शकिल अहमद कादरीका अनुसार बकराईदको नमाज पढेलगत्तै गरिब, टुहुराहरुलाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । मुस्लिम समूदायले यस पर्वका अवसरमा समेत साउदीको मक्का मदीनामा हज गर्न जाने गर्दछन ।

यो वर्ष बाँके ९८ जना नेपाली मुस्लिमहरु तीर्थटनको लागि साउदी अरेवियाको मक्का मदिना गएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment