Comments Add Comment

हैट इन्दिरा, हट इन्दिरा


गायिका इन्दिरा जोशी हिजोआज निकै चर्चामा छन् । युटुबमा इन्दिराका भिडियो राम्रै खोजिन्छन् । यसको पछाडि ‘नेपाल आइडल’ले महत्वपूर्ण भूमिका खेलेको छ । ‘नेपाल आइडल’को निर्णायक भएपछि इन्दिरालाइ धेरैले पछ्याउन थालेका हुन् ।

केही गीतका कारण चर्चामा रहेकी इन्दिरालाइ धेरैले हट गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रममा दर्शकलाइ जुरुजुरु पार्न उनी सिपालु छिन् । उनै, इन्दिरा अहिले देशभरबाट आएका प्रतिभाहरुबाट उत्कृष्ट एक प्रतिभा छान्न लागिपरेकी छिन् ।

काठमाण्डौमा केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियरमा इन्दिरा हट बनेर पुगिन् । चलचित्रमा समावेश ‘उकालीमा जाँदा जाँदै’ बोलको गीतमा उनले आवाज दिएकी छिन् । इन्दिराको खुलेको पहिरनले क्यामेरामा राम्रै क्लिक पायो । मिडियाको क्यामेरामा उनी राम्रैसँग घेरिइन् । ‘नेपाल आइडल’ सकिएपछि पनि इन्दिरालाइ अहिले पाएको चर्चा जोगाउन जरुरी छ ।

 

तस्बिरः श्रीधर पौडेल

इन्दिरासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment