Comments Add Comment

बाढी पीडितलाई नेविसंघ र कांग्रेस भक्तपुरको राहत

१७ भदौ, काठमाडौं । कांग्रेस भातृ संगठन नेविसंघले महोत्तरीका बाढी पीडित मुसहर परिवारलाई राहत र शैक्षिक सामग्री वितरण गरेको छ ।

करिब एक सय परिवारलाई चामल, दाल, नुन, तेल, कापी, कलम, झोला र झुल वितरण गरेको हो । १० हजार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष नैनसिंह महरले बताए ।

यस्तै, भक्तपुर कांग्रेसले सप्तरीको कंकालिनी नगरपालिकास्थित भारदहका विभिन्न टोलका बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । पीडित परिवारलाई निःशुल्क औषधी, लत्ताकपडा, चाउचाउ, त्रिपाल वितरण गरिएको युवा नेता राजु थापाले जानकारी दिए । उनका अनुसार दुई सय १० परिवारलाई छाप्रो निर्माण गरिदिने योजना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment