Comments Add Comment

ओप्पो फोनका १० रहस्यः ४२ हजार पटक खसाइन्छ, १५० थरी परीक्षण गरिन्छ

स्मार्टफोन बजारको नयाँ तर निकै आक्रामक खेलाडी हो, ओप्पो । चार बर्षको बिचमा ओप्पोले घरेलु बजार चीनमा पहिलो स्थानमा कब्जा जमाएको छ भने बिश्व बजारमा चौथो ठूलो स्मार्टफोन उत्पादक बनेको छ ।

यो खुला सत्य हो कि ओपोको आक्रामक मार्केटिङ यसको सफलता पछाडिको प्रमुख कारणका रुपमा रहेको छ । संसारभरीका चर्चित सेलिब्रेटीहरुलाई साथ लिएर ओप्पोले झण्डै २० भन्दा धेरै मुलुकमा उस्तै आक्रामक मार्केटिङ गरिरहेको छ ।

क्यामेरा र खासगरी सेल्फी क्रान्तिमा अब्बल ओप्पो विज्ञापनका भरमा मात्रै टिकेको चाहिँ होइन । यसको सफलताको राज ओप्पोले कायम गर्ने गुणस्तरीयता नै हो ।

यस महिनाको प्रारम्भमा ओप्पोले केही फिलिपिनो मिडियाका प्रतिनिधिहरुलाई चीनमा रहेको फ्याक्ट्री अवलोकन गर्न बोलाएको थियो । त्यसक्रममा थाहा पाएका केही तथ्यहरु फिलिपिन्सको इन्टरयाक्सन मिडियाका लागि कार्ल डेक्कनले यसरी प्रस्तुत गरेका छन् ।

१. ओपोको मुख्य ‘हव’ सेन्जेनमा रहेको छ

चीनको सिलिकन भ्यालीका रुपमा प्रख्यात सेन्जेनमा थुप्रै चिनिया टेक कम्पनीहरु छन् । आदिम समयमा माछा मार्ने गाउँका रुपमा रहेको यो मेगासिटीले तीन दशक अगाडि देशको पहिलो आर्थिक क्षेत्रका रुपमा स्थापित गरिएपछि आर्थिक रुपमा कायापलट गरेको छ । यहाँ अहिले १ करोड जनसंख्या छ जबकि १९८० को दशकमा केवल ३० हजार थियो । यहाँ अहिले अधिकांस मुख्यभूमिबाट आएका कामदारहरु रहेका छन् ।

सेन्जेन हङकङबाट बस चढेर एक घन्टामा पुगिन्छ । अन्य प्रख्यात महानगरहरुभन्दा फरक, यहाँ जानलाई भिसा चाहिन्छ ।

२. हरियाली अफिस

ओप्पोको मुख्यालय, जसलाई कम्पनीले ‘आदर्श हरित कार्यालय’ भन्ने गरेको छ, तुलनात्मक रुपमा नयाँ हो जहाँ हरियालीले भरिएको छ ।

यहाँ अत्यन्तै खुकुलो रुपमा काम गराइने गरेको कम्पनीको दावी छ । कामदारहरुले ब्रेक लिएर मनोरञ्जनात्मक स्थानहरुमा मन बहलाउन सक्ने वा जिम सेन्टरमा गएर वर्कआउट गर्न सक्ने कम्पनीले जनाएको छ ।

३. स्मार्ट फोन निर्माणमा ओप्पोले सबै शक्ति लगाएको छ

ओप्पोले ‘ब्लु रे प्लेयर्स’ र अन्य अडियो उपकरणहरु पनि उत्पादन गर्छ, तर यसले आफ्नो सबैभन्दा ठूलो शक्ति र समय स्मार्ट फोनमा लगाएको छ । प्रतिस्पर्धात्मक बजामा सबैभन्दा उत्कृष्ट क्यामरा भएको स्मार्टफोनका रुपमा यसले आफूलाई चिनाउन चाहन्छ ।

‘ओप्पो यस्तो कम्पनी हो जुन पूर्णरुपमा प्रयोगकर्तामैत्री छ । हाम्रा ग्राहकहरुको सबैभन्दा भित्री आवश्यकता नै फोटोग्राफी भएको पाएका छौं । यसमा ओप्पोले ध्यान केन्द्रित गरिरहेको छ,’ ओप्पोका हार्डवेयर प्रमुख किङ बाइले भने ।

४. फोनको १५० चरणमा परीक्षण हुन्छ

ओप्पोका उपाध्यक्ष टिम झाङका अनुसार यसका उत्पादनले ओप्पोका स्टाफहरुको मनसायलाई प्रतिबिम्बित गर्छ, जो केवल गुणस्तरमा विश्वास गर्छन् । हुन पनि ओप्पोका ह्यान्डसेटहरु आमरुपमा उत्पादन गर्नुपूर्व परिक्षणका वृहत प्रक्रियाहरु अबलम्बन गरिन्छन् ।

५. ४२ हजारपटक फोन भुईंमा खसाइन्छ

यसलाई ‘माइक्रो ड्रप टेस्ट’ भनिन्छ, जहाँ फोनलाई एउटा मेसिनमा राखेर सात सेन्टिमिटर उचाईबाट खसाइन्छ । ओर्काइ फर्काई यो काम ४२ हजार पटक गरिन्छ । फोनको स्ट्रेन्थ चेक गर्न कम्पनीमा यसरी हजारौंपटक खसाइन्छ ता कि प्रयोगकर्ताले फोन खसेर फुटेको गुनासो गर्नु नपरोस् ।

६.फोनको बटनहरु लाखौंपटक थिचिन्छ

यसलाई बटन क्लिक टेस्ट भनिन्छ । यसमा पावर र ‘भल्युम कि’ लाई एक किलोको शक्तिले एक लाख पटक थिचिन्छ । अगाडि रहेको फिंगर प्रिन्ट किलाई भने १० लाख पटक थिचिन्छ । यदि तपाईंले एक दिनमा ५० पटक बटन थिच्नुभयो भने एक लाख क्लिक पूरा गर्न तपाईंलाई ६ वर्ष लाग्नेछ । अर्थात् तपाईंले ६ बर्षसम्म ओप्पोका फोन चलाउँदा पनि यसका बटनमा समस्या आउने छैन् ।

७. फोनलाई धेरै प्रकारका तरल पदार्थमा परीक्षण गरिन्छ

 

भिनेगर, सोय सस, कफी, खाना पकाउने तेल जस्ता तरल वस्तुहरुमा फोनलाई डुवाएर परीक्षण गरिन्छ । यतिले पनि नपुगेर यसलाई कृत्रिम पसिनाले भिजेको लुगामा पनि राखेर हेरिन्छ । ता कि प्रयोगकर्ताले दैनिक प्रयोग गर्दा यस्ता तरल पदार्थ पोखिएपनि फोनमा क्षति नहुने ग्यारेन्टी होस् ।

८. सेल्फी गेम

ओप्पोले यसको फोनको फ्रन्ट क्यामरामा गेम चेन्जिङ अपग्रेडहरु इन्स्टल गरेर सेल्फी गेममा क्रान्ति ल्याएको छ । एउटा फिचरले वस्तुको रुपलाई फिल्टरहरुद्वारा सुन्दर बनाउँछ । अर्को फिचर वाइड एंगल सट हो जसले राम्रो ‘गु्रफी’ खिच्न सहयोग गर्छ । यी फिचरहरुले ओप्पोलाई अझै लोकप्रिय बनाएकोमा शंका छैन ।

९. अरु प्रतिस्पर्धीले भन्दा बढी ग्राहकलाई बुझेको दावी

ओप्पोले फेस टु फेस सर्भेहरु सञ्चालन गरेर ग्राहकको परिवर्तित मागहरु बुझ्ने गर्छ र त्यही मागलाई सम्बोधन गर्ने उत्पादनहरु ल्याउँछ ।

१०. पाँच गुणा जुम गर्ने क्षमता

गत फेब्रुअरीमा स्पेनमा आयोजित मोबाइल वल्र्ड कांग्रेसमा ओप्पोले एउटा नमुना फोन सार्वजनिक गर्‍यो जसमा पाँच गुणा जुम गर्ने क्षमता थियो । जबकी अन्य ह्यान्डसेटहरुमा केवल दुई गुणाको अप्टिकल जुम हुने गर्छ ।

यो प्रविधिको अनुसन्धान र विकासका लागि ओप्पोले १०० जना स्टाफहरु लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment