Comments Add Comment

भ्रष्टाचारीलाई चुनाव लड्न दिनु पर्ने कांग्रेस सांसदहरुको संशोधन फिर्ता

राज्य व्यवस्थाबाट दुबै विधेयक पास

फाइल तस्वीर

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनु पर्ने संशोधन फिर्ता लिएपछि राज्य व्यवस्था समितिले प्रदेशसभा र प्रतिनिधिसभा सम्वन्धी दुबै विधेयक पास गरेको छ ।

दुबै विधेयक आजै संसदमा पेश हुनेछ ।

राज्य व्यवस्था समितिको सोमबार बैठकमा कांग्रेस सांसदहरुले संशोधन फिर्ता लिएका हुन् । संविधान कार्यान्वयन गर्दै चुनावमा जानु पर्ने अहिलको मुख्य कार्यभार भएकाले संशोधन फिर्ता लिएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो । तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनु पर्ने भन्दै संशोधन हालेका थिए । यही कारण विधेयक अड्किएको थियो ।

कांग्रेस सांसदहरुको संशोधन फिर्ता भएसँगै राज्य व्यवस्था दुबै विधेयक पास गरेको छ ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गरी दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । तर, निर्वाचन सम्वन्धी कानुन नभएकाले चुनावको तयारी प्रभावित भएको भन्दै आयोगले ताकेता गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment