+
+

नेकपाद्वारा पूर्वी चितवनमा ३ बिघा जग्गा कब्जा

सुवास पण्डित सुवास पण्डित
२०७४ भदौ २० गते १९:०४


२० भदौ, चितवन । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको रत्ननगरमा जग्गा कब्जा गरेको छ । रत्ननगर नगरपालिका ९ मा रहेको करिव ३ विघा जग्गा सो पार्टीले झण्डा र ब्यानर गाडेर कब्जा गरेको घोषणा गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको इलाका नम्वर ३ ले सो जग्गा कब्जा गरेको ब्यानरमा उल्लेख छ ।

विगतमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जग्गा अहिले केही व्यक्तिले भोगचलन गरी उद्योग सञ्चालन गर्न खोजेको भन्दै जग्गा पुनः कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीको व्यानर र झण्डा प्रहरीले हटाइसकेको छ ।

जग्गा कब्जाको घोषणा गर्ने व्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?