Comments Add Comment

बक्स अफिसमा लभ स्टोरीको ह्याट्रिक, चकलेटी अनुहार रुचाउँदै दर्शक


नेपाली चलचित्रको बजार अहिले फराकिलो बन्दैछ । भारतीय चलचित्रले नेपाली बजारमा बनाएको दबदबा विस्तारै नेपाली चलचित्रले तोड्दैछन् । भारतले नेपालमा लगाएको नाकाबन्दपछि नेपाली चलचित्रप्रति दर्शकमा बढेको आकर्षण, बलिउडका स्टार कलाकारको क्रेज कमजोर हुनु जस्ता कारणले नेपाली चलचित्र नेपाली बजारमा हाबी हुँदैछन् ।

नेपाली चलचित्रका गीतसंगीतले भारतीय गीतसंगीतलाइ विस्थापित गर्दै लैजानुले पनि चलचित्रको व्यापार बढेको हो भन्दा फरक नपर्ला । गतबर्ष चलचित्रको निर्माण संख्या हेर्ने हो भने सफल चलचित्रको संख्या कम थियो । गतबर्ष ‘गाजलु, छक्का पन्जा, जात्रा, लुट २’ बाहेक अन्य चलचित्रले त्यस्तो चर्चा पाएनन् । तर, यो बर्ष चलचित्र सफलताको संख्या राम्रैसँग बढ्ने देखिएको छ ।

बर्षको तेश्रो महिनामा रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बम्पर कमाइ गर्‍यो । गीतसंगीत, लभ स्टोरी कथा र कलाकारको कारणले यो चलचित्रले राम्रो कमाइ गर्‍यो । अर्जुन पोख्रेलका गीतसंगीत, पल शाह र पूजा शर्माको जोडी, सुदर्शन थापाको निर्देशकिय पाटोलाइ दर्शकले रुचाए । बम्पर व्यापारको कमाइको सुरुवात यो बर्ष यही चलचित्रबाट भएको थियो ।

त्यसको २ सातापछि चलचित्र ‘प्रेमगीत २’ले पनि बम्पर कारोवार गर्‍यो । चलचित्रको ब्रान्ड नाम, गीतसंगीत र नायक प्रदिप खड्काको क्रेज यो चलचित्र चल्नुको मुख्य फ्याक्टर थियो । पल र प्रदिप चलेपछि नेपालमा चकलेटी अनुहार भएका नायक चल्न थालेको पक्का थियो । ‘प्रेमगीत २’ले निर्मातालाइ मात्र सुरक्षित गरेन, ‘नाइ नभन्नु ल’ बाहेक अन्य नाम गरेका सिक्वेल चलचित्र नचलिरहेको समयमा, त्यसलाइ पनि तोड्ने काम गर्‍यो ।

त्यसपछि रिलिज भएका चलचित्रले खासै कमाइ नगरिरहँदा भदौ १६ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’ले पनि बम्पर व्यापार गर्‍यो । चलचित्रको ब्रान्ड नाम, गीतसंगीत, नायिका झरना थापाको क्रेजका साथमा नव-नायक सलिनमान बनियाँको चकलेटी अनुहारले चलचित्र चल्नुमा ठूलो काम गर्‍यो । साथमा, नायका साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम नै चलचित्रका लागि सफलताको राज बन्यो ।

लगातार ३ वटा लभस्टोरी चलचित्र चलेपछि फेरि नेपाली चलचित्र क्षेत्रमा चकलेटी हिरो, लभस्टोरी कथा, प्रेमभावका गीतसंगीतमा रमाउन थालेको वुझ्न सकिन्छ ।
यो बर्ष अझै पनि धेरै प्रतिक्षित चलचित्रहरु रिलिज हुँदैछन् । तर, नेपाली चलचित्र बजारमा अभाव भएको हिरोहरुको क्रेज फेरि बढ्न थालेको देखिन्छ । यसले बजारमा प्रतिस्पर्धा त पक्कै बढाएको छ साथमा चलचित्र बनाउनेले हिरोहरुमा विकल्प पनि पाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment