Comments Add Comment

पूर्व विद्यार्थीले चलाएको ट्रकको ठक्करबाट शिक्षकको मृत्यु

२२ भदौ, चितवन । चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर १० शान्तिबजार चोक नजिक ना ६ ख २३८९ नम्बरको ट्रकले ना २० प ६८ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा सोही नगरपालिका १० कठारका ६५ वर्षीय कृष्णमणि न्यौपानेको मृत्यु भएको हो ।

दुबै सवारी साधान पुरानो पर्सा हुदै पर्सा बजार जान लागेका थिए । ठक्कर दिने ट्रकका चालक स्थानीय २५ वर्षीय काली चौधरी, शिक्षक कृष्णमणि न्यौपानेका पूर्व विद्यार्थीसमेत हुन् । न्यौपाने कठार माविबाट अबकास प्राप्त शिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment