Comments Add Comment

सडक अनुगमनमा निस्केका नगरप्रमुख ढुंगा लागेर घाइते

बुटवलमा उपचार हुँदै

२३ भदौ, गुल्मी । सडक अनुगमनमा निस्केका मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा घाइते भएका छन् । वामी–टक्सार–अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन मोटरवाटोको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उनी घाइते भएका हुन् ।

नगरपालिकाको वडा नं. ७ स्थित बसेरी नजिकैको स्थानमा माथिवाट खसेको ढुंगाले सापकोटलाई लागेको हो ।

ढुंगाले लागेर सापकोटाको वायाँ हात तथा खुट्टामा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि बुटवल लगिएको छ ।

मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले ठूलो दुर्घटनाबाट नगरपालिका प्रमुख सापकोटा बचेको जानकारी दिए । मोटरवाटो निरीक्षणको लागि सापकोटासंगै नगर कार्यालय प्रमुख घनश्याम न्यौपाने, समाजसेवी अग्नीधर लोहनी, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरलगायतको टोली निर्माण स्थलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment