Comments Add Comment

‘२ रुपैयाँ’ रिलिज, ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा


चलचित्र निर्देशनमा आफ्नो छुट्टै छाप छाडेका निर्देशक निश्चल बस्नेत अभिनित चलचित्र ‘२ रुपैयाँ’ आजबाट रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा उच्च शोका साथ रिलिज भएको यो चलचित्रले व्यापारमा पनि नयाँ रेकर्ड राख्ने अड्कल काटिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘२ रुपैयाँ’का लागि हुने ग्याङ फाइटको कथालाइ निर्देशकले कमेडी शैलीमा यो चलचित्रमा उतारेका छन् । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो गीतका कारण पनि चलचित्रलाइ फाइदा पुग्नेछ ।

यस्तै, गत शुक्रबारबाट रिलिज भएको नायिका झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ पनि दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता आक्रामक व्यापार गरेको यो चलचित्रले दोश्रो सातामा पनि मल्टिप्लेक्सका केही शो पाएको छ भने सिंगलमा पनि चलिरहेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकार यो चलचित्रमा मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment