Comments Add Comment

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, मेक्सिकोमा सुनामीको चेतावनी

२३ भदौ, काठमाडौं । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो ।

राजधानीका केहि स्थानमा बिद्युत अवरुद्ध भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

८.१ म्याग्निच्युडकै भूकम्प भएको पुष्टि भयो भने यो सन् १९९५ र १९८५ मा आएको भूकम्प भन्दा पनि ठूलो हुनेछ । मेक्सिकोमा गएको यसअघिको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

भूकम्पपछि त्यस क्षेत्रमा ५.२ र ५.७ म्याग्निच्युडको बीचमा चार पटक पराकम्प गइसकेको बताइएको छ । हालै मेक्सिकाले सम्भावित समुद्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment