Comments Add Comment

यूवापुस्ताको कथा ‘टिनएज’मा, यस्ता छन् गीत


असोज २७ गतेबाट नेपालभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘टिनएज’को ट्रेलर केही दिन अगाडि मात्र सार्वजनिक भएको थियो । अब, यसको निर्माणपक्षले चलचित्रको अडियो जुकबक्स सार्वजनिक गरेको छ ।

यो चलचित्रमा ५ गीत समावेश गरिएको छ । ‘साला जिन्दगी बोर, अस्त्रले मर्दिन म, रुप तिम्रो, मेरी छोरी, पल भरमै’ बोलको गीत यो चलचित्रमा समावेश छ । दिनेश पाख्रिनको निर्देशनमा तयार भएको यो चलचित्रमा अन्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । विरु मगर र चिनिमाया वाइवाले यसमा लगानी गरेका छन् ।

चलचित्रमा विकास चौधरी र बसन्त सापकोटाले संगीत भरेका छन् भने राजेशपायल राइ, कमल खत्री, राजु गुरुङ, अन्जु पन्त, प्रविसा अधिकारी, टिका प्रसाइको स्वर छ । डाक्टर कृष्णहरि बराल, हरि उप्रेती र सविना केसीको चलचित्रमा शब्द छ । यूवाहरुको प्रेमकथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment