Comments Add Comment

सरकार-आयोग मतभेदः उम्मेदवारी दर्ता प्रत्यक्ष पहिले कि समानुपातिक ?

निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी रोकियो

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारी । फाइल तस्वीर

२३ भदौ, काठमाडौं । संसदको प्रदेशको चुनावका लागि पहिला प्रत्यक्ष कि समानुपातिक उम्मेदवारको सूची पेश गर्ने भन्नेमा सरकार र निर्वाचन आयोगबीच मतभेद देखिएको छ ।

सरकारको फरक मत आएपछि निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने आयोगको तयारी रोकिएको छ । आयोगले बिहान साढे ११ बजे पत्रकार सम्मेलन राखेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न चाहेपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

दिउँसो सिंहदरबारमा भएको छलफलमा आयोग पदाधिकारीले पहिले समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने र त्यसपछि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने प्रस्ताव गरेका छन् ।

तर, सरकारले संविधानसभा चुनावमा जस्तै पहिले प्रत्यक्षको उम्मेदवारी दर्ता गर्ने र त्यसपछि मात्र समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने धारणा राखेको छ । बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘आयोगको प्रस्ताव उल्टो भयो । राजनीतिक दलहरुसँग पनि परामर्श गरेर मात्र निर्णय गर्नु भनेका छौं ।’

आयोगले विज्ञहरुसँग छलफल गरेर निर्णयमा पुग्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment