Comments Add Comment

६ नं. प्रदेशका जनप्रतिनिधिको प्रतिबद्धताः म घुस खान्नँ

२३ भदौ, सुर्खेत । ६ नम्बर प्रदेशका जनप्रतिनिधिहरुले घुस नखाने प्रतिबद्धता गरेका छन् ।

यस प्रदेशका विभिन्न जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधहरुले घुस नखाने भन्दै हस्ताक्षर गरेका हुन् ।

शुक्रबार सुर्खेतको वीरेन्ऽनगरमा जिल्ला समन्वय समिति र संयुक्त नागरिक समाजले आयोजना गरेको कार्यक्रममा उनीहरुले घुस नखाने प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन् ।

मेरो कार्यकालमा ‘म घुस खान्न, दिन्न र सहन्न’ भन्दै जिल्ला समन्वय समितिका संयोजक,उप-संयोजक, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सोही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले भ्रष्टाचार नियन्त्रण सबैको साझा पहलबाट मात्र सम्भव रहेको वताए ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भ्रष्टाचार अन्त्यको लागि प्रतिवद्धता जनाएर मात्र नपुग्ने भन्दै व्यवहारमै लागु गर्नुपर्ने आवश्यकता औल्याए ।

सामूहिक हस्ताक्षर अभियानको व्यानरमा ‘लामो राजनीतिक संक्रमणकाल पछि नयाँ संरचना अन्तर्गत २० वर्षपछि भएको स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएर काम गर्न पाएको अवसर हाम्रो लागि ऐतिहासिक छ । जनताका धेरै अपेक्षाको बीच सक्केसम्म उदाहरणीय काम गरेर देखाउछु भन्ने मेरो प्रतिवद्धता छ ।’ लेखिएको छ ।

त्यस्तै ‘सुशासन नै प्रमुख मुद्दा भएको अहिलेको सन्र्दभमा म आफू आˆनो कार्यकालभर स्वच्छ र पारदर्शी भई कुनै पनि नराम्रो काम गर्ने छैन । भष्ट्राचार विकासको बाधक हो, यसको निराकरणका लागि म प्रतिवद्ध छु । म मेरो गाउँ, मेरो नगर र मेरो जिल्लालाई सुशासनयुक्त बनाउन दृढ संकल्प गर्दछु, भनी उल्लेख गर्रिको छ ।’

यस्तै राजनीति दल र नागरिक समाज सँस्थाहरुले समेत म घुस खाँदिन भन्ने व्यानरमा हस्ताक्षर गरेका छन् ।

रुकुममा भ्रष्टाचार विरुद्ध नागरिक अभियान

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचार सहन्न’ भन्ने नाराका साथ रुकुममा पनि भ्रष्टाचार विरुद्धको नागरिक अभियान अन्तरगत सामुहिक हस्ताक्षर गरिएको छ ।

नागरिक समाजको अगुवाईमा भएको कार्यक्रम मार्फत जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दल, पत्रकार, सर्वसाधारण सबैले भ्रष्टाचार हुन नदिन आआफ्नो स्थानबाट लाग्ने लिखित प्रतिवद्धता व्यक्त गरेका हुन् ।

भ्रष्टाचार जहाँ पनि र जहिले पनि हुन सक्ने भएकाले नागरिक खबरदारी जारी राख्न यस अभियानको सुरुआत गरिएको मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र नेेपाल हरप्लेसका जिल्ला संयोजक सुरेन्द्र खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment