+
+
Shares

नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २४ गते १६:११

२४ भदौ, काठमाडौं । नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । २७ जना घाइते भएका छन् । उनीहरुलाई काठमाडौं ल्याइएको छ ।

काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र अन्यको उपचारका लागि लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका ९ जफतीकी २१ वर्षीया शशी बोगटी, रालुकादेवीका २२ वर्षीया सविता तामाङ छन् ।

त्यस्तै ठेगाना नखुलेको ५७ वर्षीय लालबहादुर तामाङ र ३७ वर्षीया उजेली मिजारको पनि मृत्यु भएको छ ।

यस्तै बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिए ।

घाइते मध्ये ९ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ ।

अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते भएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?