Comments Add Comment

सप्तरीमा १०१ जनाको उम्मेदवारी फिर्ता

२४ भदौ, सप्तरी । स्थानीय निकायको निर्वाचनका लागि सप्तरीमा उम्मेदवारी दिएकामध्ये १०१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार उम्मेदवारी फिर्ता लिएकाहरुको विवरण निर्वाचन अधिकृतको कार्यालयले शनिबार सार्वजनिक गरेको छ ।

दुई स्थानीय तहबाहेक सबै तहमा उम्मेदबारी फिर्ता भएको छ । रुपनी गाउँपालिकामा दुई जनाले प्रमुख पदको उम्मेदबारी फिर्ता लिएका छन् भने अन्य स्थानीय तहमा सदस्यहरुले मात्रै उम्मेदबारी फिर्ता लिएका छन् ।

बलान बिहुल गाउँपालिका र सप्तकोशी नगरपालिकामा उम्मेदारी दिनेमध्ये कुनै पदका उम्मेदबारहरुले आफ्नो उम्मेदबारी फिर्ता लिएका छैनन् ।

सप्तकोसी नगरपालिकामा मेयरका लागि ८, उपमेयर ९, वडा अध्यक्ष ५९, सदस्य ९७, दलित महिला ५१, महिला सदस्य ४६ गरी २ सय ७० जनाले, सुरुङ्गा नगरपालिकाको मेयरका लागि ११ जना, उपमेयर ८, वडा अध्यक्ष ८२, सदस्य १ सय ७, दलित महिला ४८ र महिला सदस्य ५८ गरी कूल ३ सय ८४ जनाले उम्मेदबारी दिएका छन् ।

बलान बिहुल गाउँपालिकाको अध्यक्ष पदका लागि ११ जना, उपाध्यक्ष पदका लागि ७ जना, वडा अध्यक्षमा ३२ जना, सदस्यमा ५९ जना, दलित महिला २६ जना र महिला सदस्य ३१ जना गरी कूल १ सय ६६ जनाले उम्मेदवारी दिएका छन् ।

कृष्णासावरण गाउँपालिकामा एक जना, कंचनरुप नगरपालिकमा ९ जना खड्ग नगरपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा ६ जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, तिरहुत गाउँपालिकामा २ जना, तिलाठी-कोइलाडी गाउँपालिकामा ६ जना र बेल्ही चपेना गाउँपालिकामा १ जनाले उम्मेदबारी फिर्ता लिएका छन् ।

यस्तै बोदे बर्साइन नगरपालिकामा ३ जना, महदेवा गाउँपालिकामा ५ जना, रुपनी गाउँपालिकामा १३ जना, बिष्णुपुर गाउँपालिकामा ७ जना, शम्भुनाथ नगरपालिकामा ३ जना, सुरुङ्गा नगरपालिकामा १२ जना र हनुमाननगर-कंकालनी नगरपालिकामा १२ जनाले उम्मेदबारी फिर्ता लिएका छन् ।

यससँगै सप्तरीमा अब उम्मेदबारको संख्या ५ हजार ५ सय २७ कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीको १८ स्थानीय तहको ८ सय ५६ पदका लागि ५ हजार ५ सय २७ उम्मेदबार कायम रहेका हुन् ।

प्रमुखबाट फिर्ता लिँदै माओवादीलाई समर्थन

रुपनी गाउँपालिकाको प्रमुख पदको उम्मेदबारी फिर्ता लिएका दुई उम्मेदबारले नेकपा माओवादी केन्द्रका उम्मेदबारलाई समर्थन गरेका छन् ।

नयाँ शक्तिबाट प्रमुख पदको लागि उम्मेदबारी दिएका मुस्तकिम राइन र स्वतन्त्र उम्मेदबार गजेन्द्र प्रसाद यादवले उम्मेदबारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदबार रामभजु यादवलाई समर्थन गरेका छन् ।

रुपनी गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुखको उम्मेदबार बनेका रामभजु उम्मेदबारी दर्ता हुने दिन एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment