Comments Add Comment

रविना टन्डनदेखि रेखासम्मः यी हुन् अक्षयले प्रेममा धोका दिएका अभिनेत्री

बलिउड अभिनेता अक्षयकुमार लभ अफेयरमा निकै अगाडि छन् । टि्ंवंकल खन्नासँग बिहेवारी गरिसकेपछि पनि उनको अफेयर्सको खबर आउन छोडेन । यहाँ हामी अक्षयले प्रेम गरेर छोडेका अभिनेत्रीहरुको चर्चा गर्दैछौं ।

१. रविना टन्डन

अक्षयको अफेयर सबैभन्दा गहनरुपमा रवीना टन्डन र शिल्पा शेट्टीसँग चल्यो , । तर दुवै अभिनेत्रीलाई अक्षयले धोका थिए ।

रवीना र अक्षयले सन् १९९४ माबनेको फिल्म ‘मोहरा’ मा सँगै काम गरेका थिए । यही फिल्मको काममा उनी आपसमा नजिकिएका हुन् । उनीहरुको प्रेम झण्डै बिहेमा परिणत हुन लागेको थियो । उनीहरुले ईंगेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । तर, ईंगेजमेन्ट गरेपछि उनीहरुको ब्रेकअप भयो । अक्षयसँग ब्रेकअपपछि रवीना डिप्रेसनमा परेकी थिइन् ।

यी दुईले ‘खिलाडियोका खिलाडी, दावा, कीमत, बारुद जस्ता फिल्ममा सँगै काम गरेका थिए ।

२. शिल्पा शेट्टी

शिल्पा शेट्टीसँग पनि अक्षयको चक्कर लामो चलेको थियो । अक्षयले शिल्पासँग बिहे गर्ने वचन समेत दिइसकेका थिए ,। तर, शिल्पाले महसुस गरिन् कि अक्षय उनीबाट टाढा हुन खोज्दैछन् । त्यपछि उनी आफैं अक्षयबाट टाढा भइदिइन् । एक अन्तरवार्तामा शिल्पाले भनेकी छिन् कि अक्षयले उनलाई प्रयोग गरे अनि फालिदिए । अक्षय र शिल्पाले मैं खिलाडी तू अनाडी, इन्साफ, जानवर, धड्कन जस्ता फिल्ममा कम गरेका छन् ।

३. पुजा वत्रा

अक्षय बलिउडमा आफूलाई स्थापित गराउन संघर्षरत रहेका बेला उनको पुजा वत्रासँग भेट भएको थियो । त्यतिबेला पुजा एक सुपरमोडल थिइन् । उनीहरुबिच मित्रता भयो, जुन पछि प्रेममा बदलियो । पूजाको सहारामा नै अक्षय फिल्म पार्टीहरुमा जाने गर्थे । तर, जब उनी फिल्ममा जन्म थाले र लगातार अफर आउन थाले, उनले पुजालाई छाडिदिए ।

४. आयशा जुल्का

अक्षय कुमारले आयशा जुल्कालाई पनि पट्याउन भ्याएका थिए । यी दुईले १९९२ मा आएको फिल्म खिलाडीमा अक्षयले आयशासँग काम गरेका थिए । त्यही फिल्ममा काम गर्ने क्रममा उनीहरुको चक्कर चलेको थियो । तर, उनीहरुको प्रेम सम्वन्ध लामो समय टिक्न सकेन । केही समय डेट गरेर उनी छुट्टएि । यी दुईले वक्त हमारा है, जय किशन, दिलकी बाजी जस्ता फिल्ममा सँगै काम गरेका थिए ।

६. प्रियंका चोपडा

अनेकन सुन्दरीहरुसँग चक्कर चलाएका अक्षयले विवाह भने टि्वंकल खन्नासँग गरे । फिल्म इन्टरनेसनल खिलाडीको सुटिङका क्रममा उनीहरु आपसमा नजिकिएका थिए । उनीहरुले २००१ मा बिहे गरे ।

टि्वंकलसँग बिहे पछि पनि अक्षयको अफेयर चलिरहेकै छ । केही समयअघि उनको जीवनमा पि्रयंका चोपडा आइन् । फिल्म ‘ऐतराज’ का दौरान उनीहरु नजिकिएका थिए । उनीहरु प्रेमका रहेको सुईंको पाएपछि टि्वङ्कल बेचैन बनेकी थिइन् ।

५. रेखा

फिल्म ‘खिलाडियोंका खिलाडी’ मा अक्षयले पुरानो जमानाकी अभिनेत्रीसँग काम गरेका थिए । रेखासँग अक्षयको अफेयर सबैभन्दा आश्चर्यजनक थियो, किनकी रेखा उनीभन्दा कैयन वर्ष जेठी थिइन् । त्यतिबेला अक्षयको रवीना टन्डनसँग पनि प्रेम चलिरहेको थियो । रविनाले रेखालाई भेटेरै आफ्नो प्रेमीसँग टाढा बस्न चेतावनी दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment