Comments Add Comment

‘बर्थ डेट’बाट यसरी थाहा पाउन सकिन्छ आफ्नो स्वास्थ्य र स्वभाव

हाम्रो जन्म दिन, बार, घडी, पाला आदिको आधारमा ज्योतिषिय भाग्यफल हेर्ने गरिन्छ । हालै भएको एक सोधले चाहि हामी जन्मेको महिनाको आधारमा हाम्रो स्वास्थ्य र स्वभावबारे  थाहा हुने तथ्य उजागर गरेको छ । हामी जन्मेको महिनासँग हाम्रो स्वास्थ्य पनि जोडिने शोधकर्ताको भनाई छ । यस हिसाबले हाम्रो स्वास्थ्यसँग हामी जन्मने महिनाले पनि अर्थ राख्छ ।

जनवरी
जनवरी महिनामा जन्मिएकाहरुको व्यक्तित्व आर्कषक हुने, अक्सर खुशी रहिरहने स्वभाव हुन्छ । श्रममा विश्वास गर्नुका साथै आˆनो करियर प्रति विशेष झकाव रहन्छ । उनीहरु सामाजिक हुनुका साथै नेतृत्व गर्ने क्षमताले पनि परिपूर्ण हुने गर्छन् । जर्मनीमा गरिएको एक सर्वे अनुसार यो महिना जन्मेका व्यक्तिले बायाँ हात प्रयोग गरिएको पाइयो ।

फेब्रुअरी

यस महिनामा जन्मेकाहरु अद्भूत किसिमको सोच्ने तथा बुझन् क्षमता हुन्छ । उनीहरु वेहद खुसी हुने र दुखी हुँदा पनि निकै हतोत्साही भइहाल्ने प्रवृत्तिका हुन्छन् । यस्ता मानिस आफैमा एक रहस्यायी पनि हुन्छन् । त्यसैले, यस महिनामा जन्मेका व्यक्तिलाई बुझ्न केही असहज पनि हुने गर्छ ।

मार्च

यस महिनामा जन्मिएकाहरु मिलनसार हुनुका साथै यात्राको सौखिन हुन्छन् । उनीहरु उत्सुक हुनुका साथै उत्साही पनि हुन्छन् । उनीहरुमा विभिन्न जानकारी लिने जोश हुन्छ ।

अप्रिल 

अपि्रल महिनामा जन्मिएका व्यक्ति आकर्षक हुनुका साथै जिद्दी हुने गर्छ । उनीहरुले आˆनो रिसलाई काबुमा राख्न सक्दैनन् । २०१२ मा गरिएको अर्को एक शोधका अनुसार यस महिना जन्मेका व्यक्तिमामा अर्थराइटिस, अल्सर, स्केलेरोसिस जस्ता रोग हुने सम्भावना अधिक रहन्छ ।

मे

यस महिनामा जन्मेका व्यक्ति आर्कषक तथा लोकपि्रय हुने गर्छन् । त्यसो त सन्की पनि हुन्छन् । उनीहरु केही गरेरै छोड्ने क्षमता राख्दछन् । यस्ता मानिसले जिन्दगीसित तारतम्य मिलाएर अघि बढ्छन् । बेलायतमा भएको एक शोधलाई आधार मान्ने हो भने यिनीहरुलाई आँखासँग सम्बन्धित समस्या अधिक हुने गर्छ ।

जुन

जुन महिनामा जन्मेका व्यक्ति धेरै जिद्दी तथा एकोहोरो हुन्छन् । उनीहरु आफ्नो रिस सजिलै नियन्त्रण गर्न नसक्ने किसिमको हुन्छन् । उनीहरुको जीवनमा उतारचढाव आइरहन्छ । बेलायतमा भएको एक शोध अनुसार जो मानिस जुनमा जन्मन्छन् उनीहरुमा आँखा सम्बन्धि समस्या हुने सम्भावना अधिक रहन्छ ।

जुलाई

यस महिनामा जन्मिएका व्यक्तिको मन निकै कोमल हुनुका साथै यिनीहरुमा प्रबन्धन गर्ने क्षमता कमालको हुने गर्छ । सन् २०१० मा हंगेरीमा गरिएको एक शोध अनुसार जुलाईमा जन्मने व्यक्तिमा आत्महत्याको प्रवृति डिसेम्बरमा जन्मेका मानिसको तुलनामा १४ प्रतिशत बढी हुने गर्छ । शोधकर्ताहरुले यो निस्कर्ष विमारीको आधारमा नभएर सर्भेको आधारमा गरेका थिए ।

अगस्ट

अगस्टमा जन्मिएका व्यक्तिको दिमाग तेज हुनुका साथै उनीहरुमा पैसाको जोहो गर्ने क्षमता कमालको हुन्छ । पैसा खर्च गर्नमा केही कञ्जुस्याई गर्ने गर्छन् । उनीहरु प्रतिभाका हिसाबले कला, साहित्य लगायतका विभिन्न विधामा आˆनो पहिचान बनाउन सक्षम हुन्छन् । सन् २०१२ मा एलर्जी जर्नलमा छापिएको एक शोध अनुसार यस महिनामा जन्मने व्यक्तिमा एलर्जीको सम्भावना अधिक रहन्छ ।

सेप्टेम्बर

सेप्टेम्बर महिनामा जन्मने मानिस अधिक उदारवादी हुनुका साथै अरुलाई सहायता गर्नेमा सधै अघि रहन्छन् । यिनीहरुमा सिक्ने तथा बुझ्ने क्षमता पनि अन्यको तुलनामा बढी हुने गर्छ । यिनीहरु संघर्ष गर्न डराउँदैनन् भने मेहनतमा अधिक विश्वास राख्दछन् ।

यिनीहरुको परिवारमा उतारचढाव आइरहन्छ । यस महिनामा जन्मने मानिसहरुले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ । किनकी यिनीहरुलाई दम लगायतका एलर्जी सम्बन्धि समस्याको सम्भावना अधिक रहन्छ ।

अक्टोबर

यस महिनामा जन्मने व्यक्ति शान्त तथा आकर्षक हुन्छन् । यस्ता व्यक्ति जोखिम मोलेर अरुसित झगडा गर्नमा भन्दा आफैमा खुशी रहन उचित सम्झन्छन् ।

सन् २०१२ मा बीएमसी मेडिसिनले गरेको एक शोधका अनुसार अक्टोबरमा जन्मेका बच्चाहरुमा पछि गएर मल्टीपल स्क्लेरोसिस, रुमेटाइड आर्थराइटिस, अल्सर लगायतका स्वप्रतिरक्षा तन्त्र सम्बन्धि समस्या हुने संभावना उमेरका साथ बढेर जान्छ । यस्तो हुनुको प्रमुख कारण भनेको गर्भवती महिलालाई तेश्रो महिनामा भिटामिन डीको कमी हुने गर्छ ।

नोभेम्बर

यस महिनामा जन्मेका व्यक्ति अरुको सहायता गर्नमा अधिक विश्वास राख्दछन् । यस्ता व्यक्ति अत्यन्त दयालु तथा परोपकारी हुने गर्छन् । यिनीहरुमा सहन सक्ने क्षमता पनि बढी नै हुन्छ । यस महिनामा जन्मेका व्यक्ति पनि धेरैजसो देव्रे हात प्रयोग गर्ने प्रवृत्तिका हुन्छन् ।

डिसेम्बर

डिसेम्बरमा जन्मिएका व्यक्ति अल्छी स्वभावका हुन्छन् । उनीहरु अरुप्रति बढी निर्भर हुन्छन् । उनीहरु अरुसँग तालमेल गरेर अघि बढ्न सक्तैनन् । यिनीहरु आफ्नो  भाग्यमा अधिक विश्वास राख्दछन् । यिनीहरुमा आत्महत्याको प्रवृत्ति समेत अधिक हुनुका साथै आखा सम्बन्धि रोगले ग्रसित हुने गरेका पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment