+
+

प्रदेश २ को चुनावमा एक दिन सार्वजनिक विदा, पाँच दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १७:१७

२६ भदौ, काठमाडौं । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ ।

अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा सार्वजनिक विदा दिन यसअघि निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?