Comments Add Comment

वैद्यले भने- प्रचण्डसँग होइन, विप्लवसँग एकता

फाइल तस्वीर

२७ भदौ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा आउन अपिल गरिरहेको बेला किरणले त्यसलाई नकारेका हुन् ।

मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माओवादी केन्द्रसँग कुनै हालतमा एकता र सहकार्य हुन सक्दैन । किनकी प्रतिगमनतिर गरहेको छ ।

बरु नेत्रविक्रम चन्द ‘विप्लव’सँग एकताको सम्भावना बढिरहेको दाबी वैद्यले गरे । आफूहरु क्रान्तिकारी पार्टीसँग मात्रै एकता गर्ने पक्षमा रहेको उनले स्पष्ट पारे ।

देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेको भन्दै वैद्यले त्यसका लागि सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । दश वर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने उनको धारणा छ ।

आगामी चुनावमा भाग लिने कि नलिने भन्ने प्रश्नमा वैद्यले आगामी असोज २१ गतेदेखि पोखरामा हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट निर्णय लिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment