+
+

१५०० को तहमा आइपुग्यो नेप्से, थेग्ला त मनोवैज्ञानिक तहले ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २७ गते १६:०६


२७ भदौ, काठमाडौं । सोमवार घट्न रोकिएको जस्तो देखिएको नेप्से परिसूचक मंगलवार १५ सय तहको मुनि आएपनि केही अंकसुधार भएर १५ सय बिन्दुमा अड्किएको छ ।

कारोबारको मध्यमा १४९९ बिन्दुमा आइपुगेको भएपनि १५ सयको रुपमा देखिएको मनोवैज्ञानिक तहमा नेप्से टिक्न सफल भएको हो । शून्य अंकको विन्दुहरुलाई मनोवैज्ञानिक तहको रुपमा लिइने चलन छ ।

हुनतः नजिकिदो दशैंसँगै लगानीकर्ता उपत्यका बाहिरिने क्रम केही दिन पछिदेखि नै सुरु हुने भएकोले पनि बजारमा दशैंअघि ठुलो सुधारको अपेक्षा भने गर्न सकिदैन । तर, लाभांश प्राप्त गर्ने अवधि नजिकिदै जाँदा घट्दो बजार लगानीकर्ताहरुको लागि प्रवेश गर्ने राम्रो अवसर हुने गरेको देखिदै आएको छ ।

यता, दशैंमा खर्च गर्नुपर्नेभन्दा बढि रकम साथमा हुनेले भने बजारमा केही अंश लगानी गर्ने सोच पनि बनाएका हुन्छन् । तर, दशैं खर्चको जोहो गर्न बजारमा बेच्ने प्रवृत्ती बढ्ने गर्छ र बजार घट्ने गर्छ । यो समयमा सेयर कारोबार पनि कम हुने गर्छ । मंगलवार नै पनि बजारमा ५७ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

मूल्य बढ्नेमा ३ सय मूल्य रेञ्जका कम्पनी

मंगलवार मूल्य सबैभन्दा धेरैले बढेका प्रमूख १० कम्पनीमा ९ वटा सेयर मूल्य ४ सय रुपैयाँ पनि नभएका कम्पनीहरु रहेका छन् । बजारमा तुलनात्मक रुपमा सस्तो दरका कम्पनीहरुमा लगानी भइरहेको यसले देखाउछ ।

सबैभन्दा धेरै ९.६८ प्रतिशतले मूल्य बढेको युनाइटेड फाइनान्समा १९ प्रतिशत बोनस सेयर घोषणा र भारतीय वित्त कम्पनी राणनीतिक साझेदारको रुपमा भित्रने खबरले लगानीकर्ता आकर्षित भएका हुन् । त्यस्तै, ६ सय प्रतिशत हकप्रद धितोपत्र बोर्डमा दर्ता गरेको एभरेष्ट इन्स्योरेन्सको पनि सेयर मूल्य बढेर प्रमूख १० भित्रको सूचीमा परेको छ । कम्पनीको सेयर मूल्य भने २ हजार ६ सय ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?