Comments Add Comment

विद्युतीय सवारी साधनको प्रवर्द्धनमा लागे कुलमान

इलेक्टि्रक भेहिकल खरिदको सुरुवात

२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युतिय सवारी साधनको प्रबर्द्धनमा लागेका छन् । यसको सुरुवात उनले कार्यालयबाट गरेका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा विद्युतिय सवारी साधन खरिद गर्ने योजना अघि सारेका हुन् ।

यसैअनुरुप विद्युत प्राधिकरणको नयाँ कम्पनी एनईए इन्जिनियरिङमा टेन्डरमार्फत इलेक्ट्रीकल भेहिकल भित्राउन लागिएको छ । यसका लागि टेन्डर समेत भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षको अन्त्यसम्ममा सकिन्छ । यो आयोजना सञ्चालनमा आएसँगै देशमा ४ सय ५६ मेगावाट बिद्युत थपिनेछ ।

साथै त्यसबेलासम्म निजी क्षेत्रका केहि जलबिद्युत आयोजना पनि सञ्चालन आउने अनुमान छ ।

तामाकोसी सञ्चालनमा आएपछि वर्षातको समयमा विद्युत प्रशस्त हुन्छ भने अन्य समयमा रातमा बिद्युत चाहिएभन्दा बढि हुने विद्युत प्राधिकरणको विश्लेषण छ ।

बिद्युत खेर जान नपाओस् भन्ने उद्देश्यका साथ विद्युतीय सवारी साधनको प्रबर्धन गर्न लागिएको प्राधिकरण प्रमुख घिसिङले बताए । उनले भने, ‘अब हामीले प्राधिकरणमा सबैजसो बिद्युतीय सवारी साधन नै भित्राउने योजना बनाएका छौं ।’

यसले बिलासी गाडी खरिद गर्नु परिपाटी पनि रोकिनेछ । प्राधिकरणमा अहिले ३ करोड सम्मको सवारी साधन खरिद भएको देखिन्छ । जबकी नेपाली बजारमा उपलब्ध बिद्युतीय सवारी साधन भने ५० लाख भन्दा बढिका छैनन् ।

विभिन्न स्थानमा सवारी साधन चार्जिङ स्टेशन खोल्ने तयारी

विद्युतीय गाडी खरिदसँगै विद्युत प्राधिकरणको कार्यालय हातामा चार्जिङ सबस्टेशन राखिनेछ । बिद्युतीय सवारी साधन चार्जिङ गर्नको लागि यो चार्जिङ स्टेशन राख्न लागिएको हो ।

सबैजसो प्राधिकरणका साखा कार्यालयमा यस खालका चार्जिङ स्टेशन राख्ने योजना रहेको घिसिङले बताए । उनले भने, ‘निजी क्षेत्रले पनि यस खालका ठुला सवारी साधन खरिद गरुन् र सार्वजनिक सवारी साधनको रुपमा सञ्चालनमा ल्याउन् भन्ने मेरो चाहना छ ।’

विद्युतीय सवारी साधन ठुलो मात्रामा भित्रिए अन्य स्थानमा पनि चार्जिङ स्टेशन बनाउन सकिने घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment