Comments Add Comment

डडेल्धुराका ६ कृषक समूहलाई कृषी सामाग्री वितरण

२८ भदौ, डडेल्धुरा । डडेल्धुराका अजयमेरु गाउँपालिकाका व्यवसायिक र क्रियाशील कृषक समूहलाई कृषि औजार लगायतका सामाग्री वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय अन्तर्गत रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा अजयमेरु गाउँपालिका-१ का क्रियाशील ६ वटा कृषक समूहलाई कृषि समाग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले जानकारी दिए ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा, जिल्ला कृषि विकास कार्यालय डडेल्धुरा कैलपाल त्रिसुल आलु उत्पादन क्षेत्र समिति र शिखर समैजी वचत तथा ऋण सहकारी सस्था लिमिटेडको सयुक्त साझेदारीमा अजयमेरु गाउँपालिका-१ का व्यवसायिक तथा क्रियाशील र लगनशील कृषक समूहलाई कृषि औजार हस्तान्तरण गरिएको हो ।

एक समूहलाई करिव ५२ हजार वरवारको कृषि औजार र सामाग्रीहरु वितरण गरिएको शिखर समैजी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष खडकसिहं विष्टले बताए ।

समुहलाई क्रेट, स्प्रेरे ट्यांकी , कोदालो, विषादी ड्रम, गार्डेन पाइप, पोलिथिन पाइप जस्ता करिव ५२ हजार वरावरको सामाग्री वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment