+
+

एनआरएनए भानुआटु तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १६:३१

१४ सेप्टेम्बर, भानुआटु । प्रशान्त महासागरीय सुन्दर टापु भानुआटुमा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) तदर्थ समिति गठन गरिएको छ ।

सोमबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विन्दु लामा, महासचिवमा दिक्पाल तामाङ, सचिवमा ओमबहादुर थापा, कोषाध्यक्षमा चित्रबहादुर थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा राजेश शर्मा, सृजनाथापा, विन्दु थापा र हर्सना श्रेष्ठ रहेका छन् ।

ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालको सल्लाह तथा पहलमा समिति गठन गरिएको हो । समितिको पहिलो अधिबेशन आगामी सेप्टेम्बरमा हुने संयोजक लक्ष्मण थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?