Comments Add Comment

देउवा सरकारको दाबीः १०० दिन उपलब्धीपूर्ण

२९ भदौ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन उपलब्धीपूर्ण भएको दाबी गरेको छ ।

सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारका उपलब्धीहरु सार्वजनिक गरे । दुई उपप्रधानमन्त्रीको साथमा उपस्थित भएका मन्त्री बस्नेतले भने, ‘सरकारप्रति जनताको विश्वास बढ्दै गएको छ । सरकारको १०० दिन उपलब्धीपूर्ण छ ।’

सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।

सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।

साथै भूकम्पपछिको पुनर्निर्माण पनि पछिल्लो समय सन्तोषजनक रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment