Comments Add Comment

पोर्चुगलमा नेपालीद्वारा नेपालीको छुरा हानेर हत्या

१४ सेप्टेम्बर, लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन् ।

पर्वत मल्लाजका ४४ बषर्ीय हरि बहादुर जिसीमाथि मंगलबार मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा प्रहार भएको थियो । उनलाई धादिङ खहरेका अर्जुन सापकोटाले छुरा हानेका हुन् ।

घटनामा जिसीका भाइ ओमबहादुर गम्भीर घाईते भएका छन् ।

जिसी चार बर्षदेखि पोर्चुगल बस्दै आएका थिए । उनी भाइलाई भेट्न गएका बेला एक चाईनिज रेष्टुरेष्टमा कार्यरत सापकोटाले छुरा हानेका हुन् ।

छुरा प्रहार गर्ने सापकोटा भने फरार छन् ।

घटनालगत्तै प्रत्यक्षदर्शी एक नेपालीले रेष्टुरेण्ट सञ्चालकलाई खबर गरेपछि प्रहरीले दुबै जनालाई अस्पताल पुर्‍याएको थियो ।

छुरा प्रहारबाट घाइते भएका ओमबहादुर बुधबार नै डिस्चार्ज भएका छन् छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

४ दिन अघि मात्र उक्त रेष्टुरेण्टमा काम गर्न थालेका सापकोटालाईसञ्चालकले आइतबार कामबाट निकालिेपछि ओम बहादुरसँग बिवाद भएको थियो ।

ओम बहादुरका कारण रेष्टुरेष्ट सञ्चालकले आफूलाई कामबाट निकालेको भन्दै रुष्ट बनेका सापकोटाले उनिहरुमाथि छुरा प्रहार गरेका थिए ।

मृतक जिसीको शव परिक्षणका लागि सान्तामारिया अस्पतालको शव गृहमा राखिएको गैर आवासी नेपाली संघ पोर्चुगलकानिबर्तमानअध्यक्ष भिम केसीले जानकारी दिए ।

सपरिवार पोर्चुगल बस्दै आएका मृतक जिसीका श्रीमती र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment