Comments Add Comment

प्रलेस प्रतिभा पुरस्कार सिलवाललाई

काठमाडौं । प्रगतिशील लेखक संघले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार युवाकवि केशव सिलवाललाई दिने भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरु’ दुई कवितासंग्रहका स्रष्टा ललितपुर लेले निवासी उहाँ साहित्यिक पत्रकारिता र संस्थामा पनि आबद्ध छन् ।

पुरस्कार चयनका लागि उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा सचिव प्रकाश सिलवाल र सचिवालय सदस्य आरसी न्यौपाने सदस्य रहेको समितिको सिफारिसलाई बैठकले अनुमोदन गरेको संघका महासचिव आरएम डंगोलले जानकारी दिए ।

पुरस्कारको राशि १० हजार छ ।

संघका पूर्वअध्यक्ष आनन्ददेव भट्टबाट एक लाख प्रदान गरी स्थापित अक्षय कोषबाट प्रलेस स्थापना दिवसका दिन हरेक वर्ष असोज ५ गते सो पुरस्कार प्रदान गरिन्छ । वार्षिकोत्सवका दिन साहित्यमा पुरस्कार संस्कृति’बारे विचारगोष्ठी पनि गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment