Comments Add Comment

रेखाले जवाफ नदिएपछि दीपकले पोखे बिहेको पीडा


दीपक क्षेत्रीको शब्द तथा संगीतमा रमाइलो गीत तयार भएको छ । ‘बिहे गर भन्छिन् आमाले, फकाइ रहन्छन् बाबाले । बिहेकै लागि लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाइ मन परेकीले, अहिलेसम्म उत्तर दिइ न रेखा थापाले ।’

रेखा थापालाइ प्रेम प्रस्ताव राख्दा जवाफ नदिएपछि दीपकले यो गीत कोरेका थिए । यो गीतलाइ पर्शुराम रिजालले गाएका छन् । नायिका रेखा थापाले रेकडिङका लागि अनुमती दिएपछि यो गीत रेकर्ड गरिएको हो । दीपकले आफ्नो वास्तविक जीवनमा आधारित रहेर गीत तयार भएकोमा खुशी व्यक्त गरे । गीतको भिडियो चाडै नै तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment