+

बार्सिलोनाको विजयी यात्रा कायमै

२०७४ असोज  १ गते ९:२८ २०७४ असोज १ गते ९:२८
बार्सिलोनाको विजयी यात्रा कायमै

१ असोज, काठमाडौं । पाउलिन्होको गोलको मद्दतमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा गेटाफोले ३९ औं मिनेटमा शिबासाकीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा उसले अग्रता कायमै राख्यो ।

तर, ६२ औं मिनेटमा डेनिस स्वरेजले बाराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा लिओनल मेस्सीको पासमा गोल गर्दै पाउलिन्होले बार्सिलोनालाई जित दिलाए ।

यो जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

बार्सिलोना ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय