Comments Add Comment

मिरा राईले जितिन् बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड

१ असोज, काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् ।

निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् ।

आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।

पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment