Comments Add Comment

टुँडिखेलमा निशान, वुद्ध र प्रतापको भव्य कन्सर्ट, गर्मीले बेहोस भए युवती(फोटो फिचरसहित)


सेप्टेम्बर २२ तारिखमा कतारमा आयोजना हुन लागेको ‘नेपाल आइडल’को फाइनलका लागि अहिले अन्तिम ३ प्रतिस्पर्धी तयारी गरिरहेका छन् । नीशान भट्टराइ, वुद्ध लामा र प्रताप दासविच को बन्छ त नेपालको चर्चित रियालिटी शोको विजेता भन्ने कौतुहलता पनि आम जनतामा छ ।

अन्तिम ३ मा पुगेका यी प्रतिस्पर्धी भने अहिले दर्शकमाँझ पुगेर प्रस्तुती दिन र भोट माग्न व्यस्त छन् । यही क्रममा शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजित कन्सर्टमा नीशान, बुद्ध र प्रतापले आफ्नो प्रस्तुती दिए ।

दिउँसो २ बजेको चर्को घाममा उपस्थिती हजारौ दर्शकको विचमा उनीहरुले माया पाए । वुद्ध, नीशान र प्रतापका तस्बिरले सजिएका प्लेकार्ड र ब्यानर बोकेर उनका फ्यानहरु टुँडिखेल पुगेका थिए ।

तर, अत्याधिक गर्मी र भीडका कारण दर्जन बढी यूवती बेहोस भएका थिए । उनीहरुलाइ प्रहरीले खुल्ला स्थानमा लगेर आराम गराएको थियो । तिन प्रतिस्पर्धीले उनीहरुले ‘नेपाल आइडल’को मञ्चमा गाएका गीतहरु दर्शकको डिमाण्ड अनुसार गाएका थिए ।  

तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment