दुनियामा केही यस्ता देश छन् जहाँ भोकमरी फैलिरहन्छ । सरकारहरुले जनताकेा भोकमरी हटाउनका लागि विभिन्न खाले योजना तयार गर्दछन् । भोकमरीबाट ग्रस्त एउटा देश हो भेनेजुयला ।
भेनेजुयला सरकारले पनि हालै भोकमरी हटाउनका लागि एउटा विशेष सरकारी योजना तयार गरेको छ । जसमा जनताहरुलाई अन्नको साटो खरायो खाने सल्लाह दिइएको छ । खरायो खान थालेपछि मानिसहरुलाई खानेकुराको अभाव हुनेछैन ।
जनतालाई तिनै खरायो खान भनिएको छ, जसलाई जनतालाई आफ्नो घरमा प्यारो जनावर साथीको रुपमा पालेका छन् । सरकारले नै भोकमरी हटाउनका लागि घरमा पालेका खरायो खान भनेपछि जनताहरु त पीडामा छन् भने खरायोहरुलाई पनि आपत् परेको छ र जुनसुकै बेला हरेक घरमा पालिएका खरायोहरु सिद्धिने सम्भावना छ ।
खरायो खाने सल्लाहका साथ सरकारको योजनामा अर्को विषय पनि समावेश छ । जसमा मानिसहरुलाई आफ्नो घरको छत तथा बाल्कोनीमा खानेकुरा फलाउन सल्लाह दिइएको छ । जसका कारण जग्गाको कमी भएर खानेकुरा उत्पादनमा आएको कमी पूर्ति होस् र मानिसहरुलाई पेटभर खानका लागि खानेकुरा पुगोस् । एजेन्सी