Comments Add Comment

गोपाल खड्कालाई निलम्बन गर्न वाईसीएलको माग, मन्त्रीले भने- कारवाही हुन्छ

१ असोज, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्वन गर्न माग गरेको छ । सरकारले कारबाही नगरे सडक संघर्ष थाल्ने र कानुनी उपचार खोज्ने वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

आइतबार आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले जग्गा खरिदको निर्णय प्रक्रियामा संलग्न खड्का र सम्वन्धित कर्मचारीहरुलाई निलम्वनको माग गरेको हो ।

वाईसीएलको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल आयल निगमको जग्गा खरिद प्रकरण लगायत र यसअघिका अन्य निर्णयहरुमा समेत महाप्रवन्धक गोपाल खड्काप्रति हाम्रो संगठन गम्भीर आशंका व्यक्त गर्दछ । तसर्थ महाप्रवन्धकसहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त निलम्वन गरी कानुनी कारवाहीका लागि प्रक्रिया थाल्न माननीय मन्त्री ज्यू मार्फत अनुरोध गर्दछ ।’

ज्ञापनपत्र बुझ्दै मन्त्री मण्डलले दोषी ठहर हुने जो सुकैलाई कानुन बमोजिम कारवाही हुने बताए ।

हेर्नुस् वाईसीएलले बुझाएको ज्ञापनपत्र 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment