Comments Add Comment

ब्रिटिश कलेजको तेस्रोे दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । बेलायतको दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालनभइरहेको ‘द ब्रिटिश कलेज’को दिक्षान्त समारोह सम्पन्नभएको छ ।

शुक्रबार काठमाडौंस्थितसोल्टी क्राउनप्लाजामा एक समारोहको आयोजना गरी कलेजले २०१ विद्यार्थीलाई दिक्षित गरेको हो ।

बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि ब्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

दीक्षान्त समारोहमा दयुनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रममाबिबिए (हन्स) बिजनेश एण्ड म्यानेजमेन्टका ६९ जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ जना ग्राज्युएट भएका थिए । त्यसैगरी लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) कम्युटिङका १०४ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डसका प्रतिनिधि एघारौ अर्ल अफ स्याण्ड वीच जोन एडवर्ड हलिस्टर मोन्टागुले गरेका थिए । त्यसैगरी, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रतिनीधि प्रोफेसर लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए ।

बेलायतको युनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डका प्रतिनिधि तथा बिजनेश एण्ड म्यानेजमेन्टका प्रमुख प्याटि्रसिया भोयडेनले   कलेजबाट बीबीए पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेकी थिइन् ।

युनिभर्सिटी अफदी वेस्ट अफ इङल्याण्डका एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका विद्यार्थीलाई बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौं अर्ल अफ स्याण्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागुले दीक्षित गरेका थिए ।

विशेष अतिथि नेपालका लागि बेलायती राजदूत एच.इ रिचार्ड मोरिस तथा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विद्यार्थीहरुको सफलताको महत्वलाई पहिचान गराउने र भविष्यमा आफ्नो आशाहरुलाई उजागर गर्नेबारे धारणा व्यक्त गरेका थिए ।

विद्यार्थीहरु आफ्ना पाठ्यक्रम साथी तथा मित्रहरुसँग डिग्री प्राप्तगर्दा खुसी देखिन्थे । आफ्नो डिग्री पूरा गरेका धेरैले परिवार, द ब्रिटिस कलेजका समर्पित स्टाफ र साथीहरुलाई धन्यवाद दिएका थिए ।

एक एमआइबिएम दीक्षित विद्यार्थी नितेन्द्र ढकालले आफ्नो अनुभव व्यक्त गरेका थिए ।

सन् २०११ मा स्थापना भएको द ब्रिटिस कलेजले नेपाली बिद्यार्थीलाई नेपालमै बसेर अन्तर्राष्ट्रिय शिक्षाको पहुँच पुर्‍याएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जोन एडवर्ड हलिस्टर मोन्टागुले द ब्रिटिश कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको विकासमा प्रशस्त योगदान गर्न सक्ने भन्दै विद्यार्थीको हौसला बढाएका थिए । ‘विद्यार्थीहरुले द वि्रटिश कलेजबाट हासिल गरेको ज्ञान नेपालको विकासमा लगाउनेछन् भन्ने आशा गरेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment