Comments Add Comment

लुकाकुले पूर्वक्लबविरुद्ध गोल गर्दा युनाइटेडको सहज जित

२ असोज, काठमाडौं । रोमेलु लुकाकुले पूर्व क्लबविरुद्ध गोल गर्दा म्यानचेष्टर युनाइटेडले एभर्टनमाथि सहज जित हात पारेको छ । यो जितसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गरेको छ ।

आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनलाई ४–० गोल अन्तरले हराएको हो ।

ओल्ड ट्राफार्डमा भएको खेलमा घरेलु टोली चौथो मिनेटमै भ्यालेन्सियाको गोलबाट अग्रता लिएको थियो । तर, बाँकी तीन गोल भने खेलको अन्तिम समयमा मात्र भयो ।

८३ औं मिनेटमा हेनरिक मातिखतरियानले गोल गरे भने ८९ औं मिनेटमा लुकाकुले पूर्वक्लबविरुद्ध गोल गरे । खेलको अतिरिक्त समयमा मार्टिलले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले एभर्टनसँग ४–० को फराकिलो जित निकालेको छ ।

यो जितसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गरको छ । दुबैको १३ अंक छ तर, गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment