२ असोज, सल्यान । सल्यानको बनगाड कुपिण्डेमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
नगरपालीकाको वडा नम्बर १ बाङ्गिरहनजिकै आइतबार साँझ भे १ त ७२७९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बन्गाड कुपिण्डे नगरपालिका– ६ का २१ वर्षीय शंकर बस्नेत, वडा नम्बर ९ का २६ वर्षीय लोकेन्द्र बस्नेत र शारदा नगरपालीकाका २० वर्षीय राजेश श्रेष्ठ घाइते भएका छन् ।
बालुवा संग्रहीबाट सल्लीबजारका लागि गुडेको ट्रयाक्टर अनियन्त्रित भइ सडकदेखि ३५ मिटर तल मकैबारीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्लानले जानकारी दिएको छन् ।
ट्रयाकटर चालक मानबहादुर बिक भने फरार रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चन्द्र कठायतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4