Comments Add Comment

उपराष्ट्रपति पुनद्वारा संविधान पूर्ण कार्यान्वयनको कामना

२ असोज, काठमाडाैं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदै संविधान पूर्ण कार्यान्वयनको कामना गरेका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिदै उपराष्ट्रपति पुनले संविधान जारी भएको दुई वर्षमा उत्साहपूर्ण रुपमा संविधान कार्यान्वयन भइरहेको भन्दै पूर्ण रुपमा कार्यान्वयन हुनेमा विश्वस्थ रहेको बताएका छन् ।

प्र्रदेश र संघको निर्वाचन पनि सम्पन्न भएपछि आउँदो माघ ७ गतेभित्र संविधानको पूर्ण कार्यान्वयन हुने सुनिश्चित भएको उल्लेख गर्दै उपराष्ट्र पुनले त्यसपश्चात मुलुक आर्थिक समृद्धिको यात्रामा द्रूत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment