Comments Add Comment

बाराका दुर्इ उपमहानगरमा कांग्रेस र एमालेवीच रस्साकसी


३ असोज, बारा । प्रदेश नम्बर २ को ३ उपमहानगरपालिका मध्ये बाराका दुई उपमहानगरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कलैयामा कांग्रेसले र जितपुर सिमरा उपमहानगरमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मंगलबार अबेर सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार कलैया उपमहानगरमा कांग्रेस उम्मेदवार राजेशराय यादवले एमालेका मेयर पदका उम्मेदवार बिनोद साहलाई पछि पारेका छन् ।

दलका प्रतिनिधि र कर्मचारीको तालमेल नमिल्दा कलैया उपमहानगरको मत गणना अबेरदेखि सुरु भएको हो ।

यसैगरी जितपुरसिमरा उपमहानगरपालिकामा २ हजार २५० मत गणना हुँदा एमाले उम्मेदवार डा. कृष्ण पौडेल ८७५ मतले सबैभन्दा अगाडि छन् । उनलाई कांग्रेस उम्मेदवार कृष्णब्रत सिंहले ६०८ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल ५६६ मतका साथ तेस्रो स्थानमा छन् ।

कडा सुरक्षाका बीच यी दुई उपमहानगरमा मत गणना जारी छ । सञ्चारकर्मीलाई समेत समाचार संकलनमा लागि मतगणना स्थलमा जान दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment