+
+

दक्षिण एसियाली युवा सम्मेलनमा भाग लिएर फर्किए मन्त्री केसी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असोज ४ गते १५:४१

४ असोज, झापा । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी भारतमा जारी प्रथम दक्षिण एसियाली युवा सम्मेलनमा भाग लिएर मंगलबार स्वदेश फर्किएका छन् ।

आइतबारदेखि भारतको भुवनेश्वर शहरमा सुरु भएको चार दिने सम्मेलनमा भाग लिन युवा मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौडेलसहित ५ जना नेपाली युवाको टोली त्यहाँ गएको थियो ।

सम्मेलनमा नेपालका मन्त्री पाण्डेसहित श्रीलङ्काका युवा राज्य मन्त्री निरोशान पेरेर, बङ्गलादेशका युवा तथा खेलकुद मन्त्री डा. वीरेन सिक्दर, अफगानस्तानका युवा सहायक मन्त्री कमाल सदत, माल्दिभ्सको युवा तथा खेलकुद मन्त्रालयका सहायक मन्त्री नैफ सौगात, भुटानको युवा तथा खेलकुद मन्त्रालयका निर्देशक घोसिङ टिछेरिङ लगायत पनि सहभागी थिए ।

सोही अवसरमा उनीहरुबीच साइडलाइन वार्ता समेत भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पाण्डेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार वार्तामा सार्क राष्ट्रका युवाका बीचको समस्या समाधान, दिगो विकासका लागि युवाको भूमिका लगायतको विषयमा छलफल भएको छ ।

त्यो छलफलले युवाको विषयमा नीति निर्माण गर्दा सहयोग पुग्ने पाण्डेले बताए ।

सम्मेलनमा आयोजक समितिका नेपाल अध्यक्ष झापाका सुनिल भेटवालका अनुसार नेपाल सरकारका तर्फबाट सम्मेलनमा युथ भिजन-२०२५ को बारेमा प्रेजेन्टेशन पनि प्रस्तुत गरिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?