Comments Add Comment

सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो

४ असोज, सप्तरी । सप्तरीमा जारी स्थानीय तह निकायको निर्वाचनको मतगणना उलटपुलट भइरहेको छ । मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् । केहि तहमा लगातार अग्रता देखिएको छ ।

अहिलेसम्मको नतिजा अनुसार काग्रेस ६ तहमा र फोरम नेपालले ५ तहमा अग्रता लिएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले लगातार अग्रता लिइरहेको छ । बुधबार साँझसम्मको परिणाम अनुसार सप्तकोशीमा एमालेका मेयर उम्मेदवारले २००२ मत ल्याएर अग्रस्थानमा छन् । माओवादी केन्द्रले १३२० र कांग्रेसले ८७१ मत पाएको छ ।

कंचनरुप नगरपालिकामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेस ८६६ मत पाउँदै अगाडि देखिएको छ भने एमाले ६ सय ९१ र फोरम नेपालले ५०९ मत पाएको छ ।

यस्तै खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले १३४५ मत पाएको छ भने एमाले १२२५ र राजपाले १०२२ मत पाएको छ ।

बिष्णुपुर गाउँपालिकामा पनि कांग्रेस अगाडि छ । शुरुदेखि नै गणनामा अगाडि पछाडि हुँदै आएको यस गाउँपालिकामा बुधबारदेखि कांग्रेसले अग्रता लिएको छ ।

बेल्ही चपेना गाउँपालिकामा पनि कांग्रेसको अग्रता कायमै छ । यहाँ कांग्रेसले २३५० मत पाएको छ भने एमाले १२८० र फोरम नेपालले ११३० मत पाएको छ ।

कृष्णासावरण गाउँपालिकामा पनि कांग्रेसको अग्रता कायमै छ । ९६३ मतका साथ कांग्रेस अग्रस्थानमा छ भने एमाले ५६८ र फोरम लोकतान्त्रिकले ५४६ मत पाएको छ ।

तिलाठी-कोइलाडी गाउँपालिकामा बुधबार दिउँसोदेखि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस १३०८ मतसहित पहिलो, राजपा ७९१ सहित दोस्रो र फोरम नेपाल २३० मतसहित तेस्रो स्थानमा रहेको छ । यसअघि यहाँ राजपाले अग्रता लिएको थियो ।

महदेवा, बलान-बिहुल, तिरहुत गाउँपालिका र बोदे बर्साइन तथा हनुमाननगर कंकालनी नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल अगाडि रहेको छ ।

महदेवामा फोरम नेपालले ५२१, नेपाल लोकतान्त्रिक फोरम ३०९ र राजपाले २१८ मत पाएको छ भने बलान-बिहुलमा फोरम नेपाल ५९७, कांग्रेस ४७६ र एमालेले ४६६ मत पाएको छ ।

तिरहुत गाउँपालिकामा फोरम नेपाल ९०६ मत पाएर अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ३६३ र फोरम लोकतान्त्रिकले २८६ मत पाएको छ ।

हनुमाननगर-कंकालनी नगरपालिकामा १०९९ मत पाएर फोरम नेपाल अगाडि रहेको छ भने राजपा ७०४ र कांग्रेसले २५३ मत पाएको छ । बोदे-बर्साइन नगरपालिकामा ६९८ मत पाएर फोरम नेपाल पहिलो, राजपा ३७२ पाएर दोस्रो र २२३ पाएर कांग्रेस तेस्रो स्थानमा रहेको छ ।

बुधबार सप्तरीको शम्भुनाथ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले ७६६ मत पाएको छ भने नेपाल लोकतान्त्रिक फोरम ५ सय ६६ र कांग्रेसले ४२४ मत पाएको छ ।

दुई तहमा राजपा अगाडि

जिल्लाको दुई स्थानीय तहमा राजपा अगाडि छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा अगाडि देखिएको छ । डाक्नेश्वरीमा राजपाले २६४० मत पाएको छ । कांग्रेसले २१३४ र एमालेले १६७७ मत पाएको छ । रुपनीमा राजपाले १९४७ मत पाएको छ भने कांग्रेसले ७२७ मत पाएको छ ।

नयाँ शक्तिको अग्रता

जिल्लाको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्तिले अग्रता लिएको छ । नयाँ शक्ति ७७३ मत ल्याएर अग्रता लिएको छ भने दोस्रोमा रहेको फोरम नेपालले ५०६ मत पाएको छ ।

दुई तहमा एमालेले लियो अग्रता

जिल्लाको शम्भुनाथ र सुरुङ्गा नगरपालिकामा बुधबारदेखि एमालेले अग्रता लिएको छ । शम्भुनाथमा एमालेले ७६६ मत पाएको भने लोकतान्त्रिक फोरमले ५६६ र कांग्रेसले ४२४ मत पाएको छ ।

सुरुङ्गा नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेले ८५९ मत पाएको छ भने फोरम लोकतान्त्रिक ६२२ वर कांग्रेसले ५०४ मत पाएको छ ।

वडामा को को निर्वाचित ?

कांग्रेसले जितेका वडाहरु
कंचनरुप नगरपालिका वडा नम्बर १ र २
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र २
बिष्णुपुर गाउँपालिका वडा नम्बर २
बेल्ही चपेना गउँपालिका वडा नम्बर १
खडग नगरपालिका वडा नम्बर १ र २
रुपनी गाउँपालिका वडा नम्बर ६
तिलाठी कोइलाठी वडा नम्बर ७

एमालेले जितेका वडाहरु
सप्तकोशी नगरपालिका १,२,३ र ४
शम्भुनाथ नगरपालिका वडा नम्बर १
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९

नेपाल लोकतान्त्रिक फोरमले जितेका वडाहरु
शम्भुनाथ नगरपालिका वडा नम्बर २
छिन्नमस्ता गाउँपालिका वडा नम्बर १
सुरुङ्गा नगरपालिकाको वडा नम्बर ११

राजपाले जितेका वडाहरु
हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर २
तिलाठी-कोइलाडी गाउँपालिकाको वडा नम्बर ८
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १०

माओवादी केन्द्रले जितेका वडाहरु
सप्तकोशी नगरपालिका ५, ६, ७ र ८

फोरम नेपालले जितेका वडाहरु
डाक्नेश्वरी नगरपालिका नम्बर ४
फोरम नेपालले बोदे बर्साइन नगरपालिका वडा नम्बर १
बेल्ही चपेना गाउँपालिका वडा नम्बर २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment