Comments Add Comment

राैतहटको गौरमा राजपा, चन्द्रपुरमा कांग्रेसको अग्रता

५ असोज, काठमाडौं । रौतहटको गौर नगरपालिकामा राजपाले अग्रता लिएको छ भने चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गौरमा राजपाका मेयरका उम्मेदवार अजय गुप्ताले २४८८ मत पाएका छन् भने एमालेका उम्मेदवार शम्भु साहले १९९७ मत पाएका छन् । गौरमा संघीय फोरमका मेयरका उम्मेदवार गौरीशंकरप्रसाद यादवको मत ७३६ रहेको छ ।

यस्तै चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार रामचन्द्र चौधरी ५७२८ मतका साथ अग्रस्थानमा छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवार उद्धवप्रसार रेग्मीले ५२८३ मत ल्याएका छन् । यहाँ माओवादीका युवराज भट्टराईले ४३४७ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment