Comments Add Comment

सिरहाको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

माओवादी २, कांग्रेस र संघीय समाजवादी फोरम १/१ स्थानमा विजयी

५ असोज, सिरहा । जिल्लाको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा दुईमा माओवादी केन्द्र, कांग्रेस र संघीय समाजवादी फोरम १–१ स्थानीय तहमा विजयी भएका छन् ।

माओवादी केन्द्र कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिकामा विजयी भएको हो । नवराजपुरमा कांग्रेसको पल्लाभारी भएको छ भने संघीय समाजवादी फोरमले विष्णुपर गाउँपालिकामा जित निकालेको छ ।

अर्नामा गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतो प्रमुखमा र सियावती मुखिया उपप्रमुखमा विजयी भएका हुन् । महतोले २ हजार ४ सय ३६ मत र मुखियाले २ हजार २ सय ९९ मत ल्याए । प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार चन्द्रेश्वर मण्डल २ हजार २ सय ९ र उपप्रमुख रामकुमारी महतो २ हजार २ सय ९८ मतमा रोकिए ।

कर्जन्हा नगरपालिकाको मेयर गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भए । उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानुकुमारी श्रेष्ठले जित निकालेकी छन् । उनको मत ४ हजार ३ सय १३ छ । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत ल्याएकी छन् ।

विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।बुधबार राति सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे ।

सिरहाको नवराजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अहिले बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार कांग्रेस अध्यक्षका उम्मेदवार विश्वमोहन यादव २ हजार ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकै शोभा कुमारी यादब २ हजार ३ सय ७७ मत ल्याएर विजयी भइन् ।

अध्यक्षको निकटतम प्रतिद्वन्द्वी फोरमका शिव उदगार यादबले २ हजार १सय १४ र उपाध्यक्षकी प्रतिद्वन्द्वी एमालेकी संगिता कुमारी यादवले १ हजार ९ सय ८८ ल्याएकी छन् ।

जिल्लाका आठ नगरपालिकामध्ये एउटामा माओवादी केन्द्र विजयी भयसकेको छ भने ३ वटा नगरपालिका मिर्चैया, गोलबजार र धनगढी नगरपालिकामा उसको अग्रता छ । सिरहा नगरपालिकामा नेपाली कांग्रेस, कल्याणपुर नगरपालिकामा राजपा, सुखीपुर नगरपालिका र लहान नगरपालिकामा एमालले ‘लिड’ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment