+
+
Shares

बारामा संघीय फोरमको दोश्रो जित, फेटा गाउँपालिका अध्यक्षमा अमेरिलाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १६:३३

६ असोज, बारा । बाराको फेटा गाउँपालिका अध्यक्षमा संघीय समाजबादी फोरमले जित हाँसिल गरेको छ ।

फोरमका अध्यक्ष उम्मेदवार अमेरिलाल प्रसाद २६११ मतले बिजयी भएका छन् भने उपाध्यक्षमा पनि फोरमकै कमरुन खातुन २१६८ मतले बिजयी भएकी छन् ।

निकटतम प्रतिपस्र्धी कांग्रेसका रुस्तम अंसारीले २३१६ मत ल्याएका छन् ।

फेटामा बिजयी भएको फोरमले एउटा वडामामात्र जित हाँसिल गरेर अध्यक्ष र उपाध्यक्षमा बिजयी भएको हो ।

जम्मा ७ वडा रहेको गाउँपालिकामा ४ ओटा वडामा लोकतान्त्रिक फोरमले र बाँकी २ वडामा नेकपा एमालेले जितेको थियो ।

निकटतम प्रतिद्वन्दी कांग्रेसले कुनै पनि वडामा जित्न सकेन । यसअघि संघीय फोरमले बाराको पचरौता नगरपालिकामा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?